अब सडक मर्मतमा आउने गुनासोलाई तत्कालै सम्बोधन हुन्छ : मन्त्री घिसिङ
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सडक मर्मतमा आउने गुनासोलाई तत्कालै सम्बोधन गरिने बताएका छन् ।
उनले शुक्रबार सडक डिभिजन कार्यालय काठमाडौँले प्रयोगमा ल्याएको सडक मर्मत एम्बुलेन्स प्रयोगको सुरुवात गर्दै सडक एम्बुलेन्स नेपालमा नमुनाका रूपमा प्रयोगमा ल्याइएको प्रस्ट पारे ।
उनले भने, “सडक एम्बुलेन्स नेपालमा नमुनाका रूपमा प्रयोगमा ल्याइएको छ, त्यसलाई अन्य मुख्य सहरमा पनि विस्तार गरिनेछ, विकसित देशमा जस्तै अत्याधुनिक उपकरण जडान गरी सडक मर्मत सेवा प्रवाह अझै प्रभावकारी बनाइने छ ।”
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले सडक एम्बुलेन्स प्रयोगले सडक मर्मतका विषयमा आउने गुनासो तत्काल सम्बोधन गर्ने विश्वास व्यक्त गरे ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सडक मर्मत कार्य प्रभावकारी तथा पारदर्शी बनाउन एम्बुलेन्सले सहयोग गर्नेमा जोड दिए ।
एम्बुलेन्स प्रयोगबाट तीन सय ६५ दिन र चौबीसै घण्टा तयारी अवस्थामा रहने, सडक तत्कालै मर्मत गरी सहज आवागमन सुनिश्चित प्रदान गर्न सकिनेछ ।
सडक डिभिजन कार्यालय काठमाडौँको कार्यक्षेत्रमा पर्ने काठमाडौँ जिल्लाभित्रका सामरिक महत्त्वका सडक तत्काल मर्मत गर्न एम्बुलेन्स प्रयोगमा ल्याइने छ ।
सडकमा देखिएका खाल्डाखुल्डी तत्काल जानकारी दिई मर्मत अगाडि बढाउन मोबाइल एप पनि सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय काठमाडौँले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
-
प्रधानमन्त्री समक्ष व्यवसायीको गुनासो : ‘कच्चा पदार्थ बाहिरिँदा स्वदेशी प्लाइउड उद्योग संकटमा’
-
प्रहरीले तयार पार्यो अपराध गर्न सक्ने १८ सय ७१ जनाको क्रिमिनल प्रोफाइल
-
नयाँ प्रणालीबाट ८ हजारभन्दा बढी राहदानी छापियो, प्राविधिक समस्या समाधान भइरहेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण