एनपीएल
रोसिङ्टन र निशमको अर्धशतकमा पोखराद्वारा लुम्बिनीलाई १५१ रनको लक्ष्य
शनिबार, १३ मङ्सिर २०८२, १२ : ५४
काठमाडौँ । एडम रोसिङ्न र जिम्मी निशमको अर्धशतकको सहयोगमा पोखरा एभेन्जर्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा लुम्बिनी लायन्सलाई १५१ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५० रन बनायो । पोखराका लागि रोसिङ्टनले ८१ रनको अर्धशतकीय पारी खेले । ६३ बलमा ७ चौका र ५ छक्का प्रहार गरे ।
त्यस्तै, जिम्मी निशमले ५१ रनको अर्धशतकीय पारी खेले । ३२ बल खेलेका उलने ३ चौका र ३ छक्का प्रहार गरे । पोखराका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङतर्फ लुम्बिनीका लागि शेर मल्ल र तिलक भण्डारीले दुई–दुई विकेट लिए । त्यस्तै गुल्बदिन नैबले एक विकेट लिए । आजको खेलमा दुबै टोली दोस्रो जित निकाल्ने योजनामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण