बिजुली बजारमा राजावादीलाई प्रदर्शन गर्न रोक
शनिबार, १३ मङ्सिर २०८२, १४ : ३७
सारांश
- प्रहरीले काठमाडौँको बिजुली बजारमा राजसंस्था समर्थकहरूलाई प्रदर्शन गर्न रोक लगायो।
- शनिबार राजसंस्था पुनर्स्थापनाको पक्षमा प्रदर्शन गर्न खोज्दा एक जनालाई नियन्त्रणमा लिइयो।
- प्रशासनको अनुमतिबिना प्रदर्शन गर्न खोजेपछि प्रहरीले प्रदर्शन रोकेको हो।
काठमाडौँ । प्रहरीले राजसंस्था समर्थकलाई काठमाडौँको बिजुली बजारमा प्रदर्शन गर्न रोक लगाएको छ । शनिबार राजसंस्था पुनर्स्थापनाको पक्षमा वकालत गर्दै शाही युवा शक्ति नेपालले शनिबार काठमाडौँको बिजुली बजारमा प्रदर्शन गर्न खोजेको थियो ।
तर ठुलो सङ्ख्यामा तैनाथ गरिएका प्रहरीले प्रदर्शन गर्न बिजुली बजार पुग्नेहरूलाई त्यहाँबाट हटाएको थियो । सो क्रममा एक जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रशासनको अनुमतिबिना प्रदर्शन गर्न खोजेपछि रोक लगाइएको प्रहरीले जानकारी दिएको छ । यसअघि सामाखुसी क्षेत्रमा प्रदर्शन गर्दै आएका राजावादीहरूले शनिबार भने बिजुली बजारमा प्रदर्शन गर्न खोजेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण