पाकिस्तानमा जीप दुर्घटना, ५ जनाको मृत्यु
शनिबार, १३ मङ्सिर २०८२, १५ : २७
सारांश
- खैबर पख्तुनख्वा प्रान्तमा भएको जीप दुर्घटनामा पाँच जनाको मृत्यु भयो।
- दुर्घटनामा परेका अन्य पाँच जना घाइते भए, जसमध्ये दुई जनाको अवस्था गम्भीर छ।
- खराब सडक र नियम उल्लंघनका कारण पाकिस्तानमा सडक दुर्घटनाको जोखिम उच्च छ।
इस्लामवाद । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा जीप दुर्घटना हुँदा कम्तीमा ५ जनाको मृत्यु भएकाे छ । दुर्घटनामा ५ जना घाइते भएका छन् ।
दुर्घटना एबटाबाद जिल्लाको हेभेलियन क्षेत्रमा भएकाे जनाइएकाे छ । उद्धार टोलीका अनुसार ११ जना यात्रु बोकेको गाडी खाल्डोमा खसेको थियो । गाडीमा केही विद्यालयका विद्यार्थीहरू समेत थिए ।
उद्धार टोलीका अनुसार घटनास्थलमै ३ जनाको मृत्यु भएकाे छ । घाइते ७ जनालाई अस्पतालमा पुर्याइएकाे थियाे, जसमध्ये २ जनाको उपचारका क्रममा मृत्यु भएकाे हाे ।
घाइतेमध्ये २ जना गम्भीर अवस्थामा रहेकाले आयुब स्वास्थ्य केन्द्रमा सारिएकाे जनाइएकाे छ । पाकिस्तानमा खराब सडक अवस्था र यातायात नियमको अवहेलनाका कारण सडक दुर्घटना हुने जोखिम बढिरहेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण