सङ्घ संस्थामा अनियमितता बढेको गुनासोपछि काठमाडौँ प्रशासनले छानबिन थाल्यो
शनिबार, १३ मङ्सिर २०८२, २२ : २२
सारांश
- काठमाडौँ प्रशासनले सङ्घसंस्थाहरूमा अनियमितताको गुनासो बढेपछि छानबिन सुरु गरेको छ।
- सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भूसालले विधान विपरीतका गतिविधि र आर्थिक अनियमितताको गुनासो आएको बताए।
- गुनासो छानबिनका लागि प्रशासकीय अधिकृतको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ।
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता भएका सङ्घ संस्थाका पदाधिकारीहरूले आर्थिक तथा प्रशासनिक अनियमितता गरेको गुनासो बढेपछि छानबिन थालिएको छ ।
काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता खिमराज भूसालले अनियमितताको गुनासो बढेपछि छानबिन थालिएको बताए । उनका अनुसार हाल काठमाडौँमा दर्ता भएका केही सङ्घसंस्थामा विधान विपरीतका गतिविधि हुने गरेको, कार्यसमितिले मनोमानी ढङ्गबाट कार्य गरेको, आर्थिक अनियमितता हुने गरेको लगायत विषयमा पटकपटक गुनासा आएका छन् ।
ती गुनासा तथा उजुरी सम्बोधन गर्न समिति बनाएरै छानबिन थालिएको छ । प्रवक्ता भूसालले गुनासा सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेस गर्न जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृतको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको र समितिले काम थालिसकेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण