सहसचिव अर्याललाई सचिवमा बढुवा गर्न सिफारिस
सारांश
- सुदूरपश्चिम प्रदेशका कामु प्रमुख सचिव वैकुण्ठप्रसाद अर्याललाई सचिव बढुवाका लागि सिफारिस गरिएको छ।
- लोकसेवा आयोगको सिफारिस समितिले प्रशासन सेवातर्फ अर्याललाई ज्येष्ठताका आधारमा बढुवा गर्न सिफारिस गरेको हो।
- अर्याल ज्येष्ठ सहसचिव भएकाले बढुवाका लागि एकल सिफारिसमा परेको छ, र मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने तयारी छ।
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका कामु प्रमुख सचिव (सहसचिव) वैकुण्ठप्रसाद अर्यालको नाम सचिव बढुवाका लागि सिफारिस भएको छ । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षमा बसेको सचिव बढुवा सिफारिस समितिले प्रशासन सेवातर्फ रिक्त सचिवमा ज्येष्ठताका आधारमा अर्याललाई बढुवा गर्न सिफारिस गरेको हो ।
राष्ट्रिय योजना आयोगमा कार्यरत सचिव गोकर्णमणि दुवाडी मङ्सिर ९ गते रातिदेखि सचिव पदको पाँच वर्षे सेवाअवधि पूरा गरेर अनिवार्य अवकाशमा गएपछि रिक्त प्रशासन सेवाको सचिवमा ज्येष्ठताका आधारमा सहसचिव अर्यालको नाम सिफारिस गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बढुवा शाखाले जानकारी दिएको छ ।
सचिव बढुवा सिफारिस समितिमा सामान्य सचिव सदस्य सचिव हुन्छन् । बढुवाको निर्णयका लागि सामान्य प्रशासन मन्त्रालयले नै सिफारिस समितिको निर्णय सचिव मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने व्यवस्था छ ।
निजामती सेवा ऐनमा कार्यसम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवामा लगातार चार पटकसम्म एक सचिवका लागि तीन वरिष्ठ सहसचिव सिफारिस गर्ने गरिन्छ । पाँचौँ पटक ज्येष्ठताका आधारमा एक ज्येष्ठ सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था छ ।
अर्याल ज्येष्ठ सहसचिव भएकाले बढुवाका लागि एकल सिफारिसमा परेको मन्त्रालयले जानकारी दिएको छ । स्रोतका अनुसार सोमबार (भोलि) बस्ने मन्त्रिपरिषद् बैठकबाट अर्याललाई सचिवमा बढुवा गर्ने तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण