रास्वपासँग एकता गर्ने निर्णयले विवेकशील साझामा असन्तुष्टि
सारांश
- विवेकशील साझा पार्टी रास्वपासँग एकता गर्ने निर्णयमा असन्तुष्ट देखिएको छ।
- विवेकशील नेपाली पृष्ठभूमिका नेताहरूले एकताको विरोध गर्दै 'कुलिङ पिरियड' लिने बताएका छन्।
- विवेकशील साझा र रास्वपाबीचको एकता घोषणा आज हुँदैछ, तर धेरै नेताहरू यसको विपक्षमा छन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग पार्टी एकता गर्ने निर्णयले विवेकशील साझा पार्टीभित्र असन्तुष्टि देखिएको छ । मंसिर १० गते बसेको विवेकशील साझाको केन्द्रीय समितिको बैठकले रास्वपासँग पार्टी एकता गर्ने निर्णय गरेको थियो ।
तर विवेकशील नेपाली पृष्ठभूमिका नेताहरूले रास्वपासँग एकताको विरोध गरेका हुन् । पार्टीका उपाध्यक्ष समेत रहेका विवेकशील नेपाली पृष्ठभूमिका नेता मिलन पाण्डेले एकतामा जान लागेका नेताहरूलाई शुभकामना दिँदै आफू केही दिन वा महिना ‘कुलिङ पिरियड’ लिने बताएका छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमा पाण्डेले लेखेका छन्, ‘म यो एकीकरणमा सामेल छैन । अब केही समय (केही दिन वा केही महिना) ‘कुलिङ पिरियड’ लिन्छु । त्यसपछि नयाँ तरिकाले राजनीतिक यात्रा सुरु गर्नेछु ।
तर एकता प्रक्रियामा तत्कालीन विवेकशील नेपालीका महासचिव रञ्जु दर्शना लगायत केही नेताहरू मात्र रास्वपासँग एकता प्रक्रियामा जोडिएको एक नेताले दाबी गरे । यस्तै रमेश पौडेल, सरोज गौतम, योजनराज भण्डारी लगायत नेताहरू एकता प्रक्रियामा सहभागी नभएको बुझिएको छ ।
‘सुसंस्कृत समाज निर्माणका लागि भ्रष्टाचार र बेथिति विरुद्ध हामीले विवेकशील नेपाली पार्टी स्थापना गरेका थियौँ । नेपाली समाज परिवर्तनका लागि सकारात्मक आशा जगाउन बालेको दियो निभ्न दिन हुँदैन भन्ने मत राखेका थियौँ । रञ्जुजी महासचिव भएकाले बाध्यतामा पर्नुभएको हो । उहाँ पनि सन्तुष्ट हुनुहुन्न । वैकल्पिक शक्तिबिच एकता हुनु नराम्रो होइन । तर संस्थापकहरू धेरै नेता पार्टी एकताको पक्षमा छैनौँ’, ती नेताले भने ।
तत्कालीन विवेकशील नेपाली र साझा पार्टी मिलेर विवेकशील साझा पार्टी निर्माण भएको थियो । तर, एकताको केही समयपछि सो पार्टीबाट रवीन्द्र मिश्र राप्रपातिर लागेपछि अन्य नेताहरूले विवेकशील साझा चलाउँदै आएका थिए । जसअनुसार पछिल्लो समय समीक्षा बाँस्कोटा अध्यक्ष थिइन् ।
विवेकशील साझा र रास्वपाबिच अहिले ३ बजे एकता घोषणा हुँदैछ । १२ वर्षअघि दिवङ्गत संस्थापक उज्ज्वल थापाले विवेकशील पार्टी स्थापना गरेका थिए । वैकल्पिक राजनीतिको उद्घोषका साथ उक्त पार्टी गठन भएपछि पटक पटकको विभाजन र आन्तरिक विवादले कमजोर भएको थियो । अहिले पार्टीको अस्तित्व नै नरहने गरी एकता हुन लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण