रास्वपा र विवेकशील साझाबिचको एकीकरणमा उज्वलकी पत्नीले पठाइन् शुभकामना सन्देश
सारांश
- रास्वपा र विवेकशील साझा पार्टीको एकीकरणमा स्वर्गीय उज्ज्वल थापाकी पत्नी एरिका अधिकारीले शुभकामना दिएकी छिन्।
- उनले पार्टीलाई उज्वलको मूल्य, मान्यता, साहस र नागरिक प्रेमको मार्गमा हिँड्न आग्रह गरेकी छिन्।
- एरिकाले यो एकतालाई नागरिक केन्द्रित, पारदर्शी र जवाफदेही राजनीतिक संस्कारको सुरुवातको रूपमा हेरेकी छिन्।
काठमाडौँ । रास्वपा र विवेकशील साझा पार्टीबिचको एकीकरणमा विवेकशील पार्टीका संस्थापक स्वर्गीय उज्ज्वल थापाकी पत्नी एरिका अधिकारीले शुभकामना सन्देश पठाएकी छन् ।
राजधानीमा आइतबार आयोजित एकता घोषणा कार्यक्रममा एरिकाको शुभकामना सन्देश बाचन गरेर सुनाइएको हो ।
शुभकामना सन्देशमार्फत उनले उज्वलले बोकेको मूल्य, मान्यता, साहस, सेवा, सत्य, निष्ठा र नागरिक प्रेमको मार्गमा पार्टी हिँड्ने विश्वास लिएकी छन् ।
उनको शुभकामना जस्ताको जस्तै–
सबैलाई नमस्कार ।
यस ऐतिहासिक दिनमा विवेकशील साझा पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी एकै उद्देश्य, एकै यात्रामा उभिनु भएकोमा म हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । देशको वर्तमान परिस्थितिमा यो एउटा सकारात्मक कदम हो । आजको यो क्षण थुप्रै भावनाहरूले भरिएका छन् । चिन्तन आत्मसमीक्षा र नयाँ आशा । यो मात्र संरचनात्मक परिवर्तन नभई जागरूक नागरिक, नैतिक नेतृत्व र सकारात्मक परिवर्तनको आन्दोलनको निरन्तरता हो जस्तो लाग्छ । फुट्न सजिलो छ तर जुट्न सकारात्मक बनेर इमानदार र साहसका साथ नेतृत्व गर्न सक्नुपर्छ भन्ने उज्वलको भनाइ थियो । उहाँको विश्वास थियो कि परिवर्तन उच्च शक्तिबाट होइन नागरिकबाट सुरु हुन्छ । यो यात्रा म्याराथुन हो । कठिन पनि उत्तिकै छ । एक्लै हिँड्दा थाकिन्छ । त्यसैले नै मिलेर अगाडि बढ्नुपर्छ । उहाँ सधैँ भन्नुहुन्थ्यो–हामीले नगरे कसले गर्ने ? अहिले नगरे कहिले गर्ने ? म यो एकीकरणलाई अझ सबल र प्रभावकारी यात्राको सुरुवातको रूपमा हेर्छु । यस्तो यात्रा जहाँ राजनीतिक उत्तरदायी हुन्छ, युवाहरू योग्यताका आधारमा अगाडि बढ्छन् । जहाँ नागरिकहरू नडराई सहभागी हुन्छन् । जहाँ देश इमानदारी र सहानुभूतिका साथ अगाडि बढ्छ । आज यहाँ एकसाथ आउनुभएको दुवै पक्षका नेतृत्व समर्थक र शुभचिन्तकहरूलाई मेरो तर्फबाट हार्दिक शुभकामना तथा बधाई दिन चाहन्छु । र, आशा गर्छु कि उज्वलले बोकेको मूल्य, मान्यता,साहस, सेवा, सत्य, निष्ठा र नागरिक प्रेम यो नयाँ यात्रा मार्ग दर्शक बनेर नागरिककै भावना, नागरिककै प्रेरणा अनुसार अगाडि बढ्नेछ । यो एकता साँच्चै नै पारदर्शी, जबाफदेही, नागरिक पहिला भन्ने राजनीतिक संस्कार भन्ने महत्त्वपूर्ण मोड बन्न सकोस् । सफलताका लागि धेरै धेरै शुभकामना । धन्यवाद ।
एरिका अधिकारी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण