१५ वर्षसम्म भवन निर्माण नगर्ने कम्पनीको ठेक्का तोडियो
सारांश
- जाजरकोट र सुर्खेतका स्वास्थ्य संस्थाका भवन निर्माण नगर्ने निर्माण व्यवसायीको ठेक्का तोडियो।
- संघीय शहरी विकास तथा भवन निर्माण कार्यालयले सम्झौता तोड्दै कारबाही अघि बढाएको छ।
- म्याद थप गर्दा पनि काम नगरेपछि मैनाचुली/सुरुची जे.भी. र फ्राइण्डस् कन्स्ट्रक्सनको ठेक्का तोडिएको हो।
सुर्खेत । जाजरकोट र सुर्खेतमा निर्माणधीन स्वास्थ्य संस्थाका भवनहरू डेढ दशकसम्म पनि सम्पन्न नगरी अलपत्र पार्ने निर्माण व्यवसायीहरूको ठेक्का अन्ततः तोडिएको छ।
संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय, सुर्खेतले सम्झौता भएको १४ देखि १५ वर्ष बितिसक्दा पनि निर्माण कार्य पूरा नगर्ने ती निर्माण कम्पनीसँगको ठेक्का सम्झौता अन्त्य गरेको हो।
सरकारले पटक–पटक म्याद थपको अवसर दिँदा पनि काममा फर्कन नमानेपछि कार्यालयले 'श्री मैनाचुली/सुरुची जे.भी.' र 'श्री फ्राइण्डस् कन्स्ट्रक्सन प्रा.लि.' सँगको ठेक्का तोडेको छ। कार्यालयका अनुसार स्वास्थ्य संस्थाजस्तो संवेदनशील संरचना निर्माणमा निर्माण व्यवसायीले चरम लापरवाही गरेका छन्। सम्बन्धित पालिका, जनप्रतिनिधि र आम नागरिकले बारम्बार अनुरोध गर्दा तथा कार्यालयले लिखित ताकेता गर्दा समेत निर्माणस्थलमा व्यवसायी वा उनका प्रतिनिधि लामो समयदेखि अनुपस्थित रहँदै आएका थिए।
ठेक्का तोडिएका आयोजनाहरूमा जाजरकोटको सिमाराक्मास्थित प्रसुती कक्ष र सुर्खेतको गुटु हेल्थपोस्ट भवन रहेका छन्। यी दुवैको जिम्मा पाएको 'श्री मैनाचुली/सुरुची जे.भी.' (सब कन्ट्रयाक्टर मजदुर कन्स्ट्रक्सन) ले २०६७ सालमा सम्झौता गरेर १५ वर्षसम्म पनि काम सकेको थिएन। त्यस्तै, जाजरकोटको मजकोट बडकुलेमा स्वास्थ्य चौकी बनाउन २०६९ सालमा सम्झौता गरेको 'श्री फ्राइण्डस् कन्स्ट्रक्सन प्रा.लि.' ले पनि १४ वर्षसम्म भवन निर्माण सम्पन्न गर्न नसकेपछि कारबाहीमा परेको छ।
सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९(७) बमोजिम ठेक्का तोड्दै कार्यालयले अब निर्माण व्यवसायीहरूबाट सरकारी बाँकी सरह रकम असुल उपर गर्ने प्रक्रिया अघि बढाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
-
विदेशीलाई खुसी पार्न गलत कुरा स्वीकार गर्ने प्रवृत्ति रोकौँ : पूर्वप्रधानमन्त्री नेपाल
-
नयाँ राजदूत नियुक्त गर्न नसकेको सरकार पुरानाको म्याद थपेर काम चलाउँदै
-
अभिमुखीकरणका लागि बाहिर नजाने विधायन व्यवस्थापन समितिको निर्णय, सिंहदरबारभित्रै कार्यक्रम हुने
-
प्रचण्ड भन्छन्– एउटै पार्टी बनाउन थाले झगडा भइहाल्छ
-
विधेयक जनपक्षीय नभए फिर्ता गर्नुपर्छ : सुवेदी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण