बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
मौद्रिक नीति

मौद्रिक नीति : ब्याजदर करिडोरको सीमा हेरफेर

सोमबार, १५ मङ्सिर २०८२, १० : ५९
सोमबार, १५ मङ्सिर २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ।
  • समीक्षाले ब्याजदर करिडोरको माथिल्लो सीमा घटाएर ५.७५ प्रतिशत पुर्याएको छ।
  • नीतिगत दर पनि ४.२५ प्रतिशतमा झारिएको छ, तर तल्लो सीमा यथावत् राखिएको छ।

काठमाडौँ । मौद्रिक नीतिको समीक्षा सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको हो । 

यसअनुसार ब्याजदर करिडोरको सीमा हेरफेर भएको छ । करिडोरको माथिल्लो सीमाको रूपमा रहेको स्थायी तरलता सुविधा दरलाई ६.०० प्रतिशतबाट घटाई ५.७५ प्रतिशत कायम गरिएको छ । 

त्यस्तै, नीतिगत दरलाई ४.५० प्रतिशतबाट घटाई ४.२५ प्रतिशत कायम गरिएको छ ।  ब्याजदर करिडोरको तल्लो सीमाको रूपमा रहेको स्थायी निक्षेप सुविधा दरलाई २.७५ प्रतिशत यथावत् कायम राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप