बालेनका बुबाको निधनप्रति प्रचण्डले गरे दुःख व्यक्त
सोमबार, १५ मङ्सिर २०८२, १४ : १२
सारांश
- पुष्पकमल दाहाल प्रचण्डले बालेन्द्र शाहलाई पितृशोकमा समवेदना प्रकट गरे।
- प्रचण्डले मेयर शाहका बुबा रामनारायण साहप्रति श्रद्धाञ्जली अर्पण गरे।
- उनले शाह परिवारलाई धैर्य र शक्ति मिलोस् भन्दै सामाजिक सञ्जालमा लेखे।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले काठमाडौँ महानगरका नगर प्रमुख बालेन्द्र शाह (बालेन) लाई पितृशोक परेकोमा दुःख व्यक्त गरेका छन् । सोमबार संयोजक दाहालले मेयर शाहका बुबा रामनारायण साहप्रति श्रद्धाञ्जली अर्पण गर्दै दुःख व्यक्त गरेका हुन् ।
उनले शाह परिवारलाई धैर्य र शक्ति मिलोस् भन्ने कामना गर्दै समवेदना समेत प्रकट गरेका छन् ।
संयोजक दाहालले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्– ‘काठमाडौँ महानगरका नगर प्रमुख बालेन्द्र शाहलाई पितृशोक परेकोमा दुःख व्यक्त गर्दछु। मृतक बुवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै यस दुःखद घडीमा शाह परिवारलाई धैर्य र शक्ति मिलोस् । हार्दिक समवेदना प्रकट गर्दछु।’
साेमबारै शाहकाे राजधानीकाे सिभिल अस्पतालमा निधन भएकाे थियाे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
-
अर्जेन्टिना पराजित भएपछि ब्युनस आयर्समा झडप, १५ जना पक्राउ
-
‘मोबाइल फोन प्रसारण प्रणाली’ मार्फत विपद्को पूर्वसूचना दिने तयारी
-
काठमाडौं उपत्यकाको ढल निकास सुधार्ने विषयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण