पुसमा महाधिवेशन गर्न देउवाले यसरी गरे संस्थापनलाई ‘कन्भिन्स’
सारांश
- नेपाली कांग्रेसका नेताहरू पुस मसान्तमा नियमित महाधिवेशन गर्न सहमत भएका छन्।
- कार्यवाहक सभापति खड्काको प्रस्तावमा देउवासँगको छलफलपछि नेताहरू सहमत भएका हुन्।
- देउवाले पुसमा महाधिवेशन भए विशेष महाधिवेशन नहुने बताएपछि नेताहरू सहमत भए।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको छलफलपछि संस्थापन समूहका नेताहरू पुस मसान्तसम्ममा नियमित महाधिवेशन गर्ने प्रस्ताव स्वीकार गर्न सहमत भएका छन् ।
बिहान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पुस मसान्तमा नियमित महाधिवेशन गर्ने प्रस्ताव स्विकार्न आग्रह गर्दा सभापति देउवासँग छलफल गर्ने बताएका संस्थापन पक्षीय नेताहरू सभापति देउवासँगको छलफल पछि स्विकार्न सहमत भएका हुन् ।
देउवालाई भेट्न पूर्वउपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला तथा नेताहरू बालकृष्ण खाण, रणबहादुर रावल, सिता गुरुङ, कुन्दन काफ्ले, गुरु बरालसहित पुगेका थिए ।
देउवाले पुसमा नियमित महाधिवेशन हुने भएमा विशेष महाधिवेशन नहुने बताएपछि आफूहरू पुसमा महाधिवेशन गर्न सहमत भएको पूर्वउपसभापति निधिले बताए । ‘सभापतिज्यूले नै पुसमा महाधिवेशन हुने भयो भने विशेष महाधिवेशन हुँदैन भन्नुभयो । त्यसपछि उहाँको विश्वासमा हामी पुसमा महाधिवेशन गर्न सहमत भयौँ,’ निधिले रातोपाटीसँग भने ।
नियमित महाधिवेशनको कार्यतालिका आएपछि विशेष महाधिवेशनको औचित्य सकिने निधिले बताए ।
देउवाले कार्यवाहक सभापति खड्काले ल्याउने प्रस्ताव सबैको सहमतिको भएकाले मानेर जान नेताहरूलाई आग्रह गरेका थिए । संस्थापन समूह अब आउँदो पुसमा नियमित महाधिवेशन गर्ने कार्यतालिकामा सहमत भएको छ ।
निधि, सिटौलासहितका नेताहरू निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने अडानमा थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण