उपाधिका लागि यूएईसँग प्रतिस्पर्धा गरिरहेको नेपालको खराब सुरुवात
सोमबार, १५ मङ्सिर २०८२, १५ : ३५
काठमाडौँ । एसीसी पुरुष यु–१९ प्रिमियर कपको उपाधिका लागि यूएईसँग प्रतिस्पर्धा गरिरहेको नेपालले खराब सुरुवात गरेको छ ।
पहिलो पावर प्ले (१० ओभरसम्म)मा नेपालले ४ विकेट गुमाएर जम्मा २२ रनमात्र बनाएको छ ।
नेपालका लागि अशोक ५ रन र आशिष २ रन बनाएर क्रिजमा डटिरहेका छन् । नेपालका प्रारम्भिक ब्याट्सम्यान निरजकुमार यादव एक रन बनाएर बाहिरिए भने वंश क्षेत्रीले ११ रन बनाए । यस्तै निश्चल क्षेत्री एक रन बनाएर पवेलियर फर्किए भने दर्श सुनारले खाता नै खोल्न सकेनन् ।
यसअघि पहिला ब्याटिङ गर्दै यूएईले ४५.५ ओभरमा सबै विकेट गुमाएर जम्मा १४७ रन बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण