राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख थापाको स्थान हद र विदेश भ्रमण फुकुवा
सारांश
- राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज थापालाई विदेश भ्रमण र उपत्यका छाड्न रोक लगाउने निर्णय फुकुवा गरिएको छ।
- जेनजी प्रदर्शनबारे छानबिन गरिरहेको उच्चस्तरीय जाँचबुझ आयोगले थापालाई स्थान हद तोक्ने निर्णय फुकुवा गरेको हो।
- आयोगले यसअघि पूर्वमुख्यसचिव एकनारायण अर्याल र अन्य प्रहरी अधिकारीहरूसँग सोधपुछ गरेको थियो।
काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख (मुख्य अनुसन्धान निर्देशक) हुतराज थापालाई विदेश भ्रमणमा जान र उपत्यका छाड्न रोक लगाउने निर्णय फुकुवा गरिएको छ । सोमबार जेनजी प्रदर्शनबारे छानबिन गरिरहेको उच्चस्तरीय जाँचबुझ आयोगले उनलाई स्थान हद तोक्ने र विदेश भ्रमणमा जान रोक लगाउने निर्णय फुकुवा गरेको हो ।
असोज १२ मा आयोगले उनलाई विदेश भ्रमणमा रोक लगाउँदै आयोगको स्वीकृतिबेगर काठमाडौँ उपत्यका छाड्न नपाउने निर्णय गरेको थियो ।
गौरीबहादुर कार्की नेतृत्वको आयोगले मङ्सिर १० मा थापासँग बयान लिएको थियो । मुख्य अनुसन्धान निर्देशकको ३ वर्षे पदावधि पुरा गरेर थापा भदौ २८ मा सेवा निवृत्त भएका थिए । जेनजी प्रदर्शन हुँदा उनी गुप्तचर प्रमुख थिए ।
आयोगले प्रदर्शनको पहिलो दिन किशोरहरूको ज्यान जानेगरी गोली चलाउने काम कानुन सम्मत भए नभएको र २४ गतेको विध्वंसबारे जाँचबुझ गर्ने कार्यादेश पाएको छ । असोज ९ बाट काम सुरु गरेको आयोगले तीन महिनाभित्र प्रतिवेदन पेस गर्नुपर्ने छ ।
आयोगले यसअघि पूर्वमुख्यसचिव एकनारायण अर्यालसँग सोधपुछ गरेको थियो । आयोगले राष्ट्रिय अनुसन्धान विधागतको उपत्यका हेर्ने डीआईजी कृष्ण खनाल, उपत्यका प्रहरी कार्यालय रानीपोखरीका निमित्त प्रमुख ओम राना, सशस्त्र प्रहरीका डीआईजी सुरेश श्रेष्ठ र नेपाल प्रहरीका एसपीद्ववय अपिल बोहरा र कुलदिप चन्दसँग बयान लिएको छ । सशस्त्रका डीआईजी श्रेष्ठ उपत्यका हेर्ने नम्बर नम्बर–९ पशुपतिनाथ बाहिनीका प्रमुख हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण