झापाका सबै क्षेत्रबाट एमाले प्रतिनिधि चयन, कहाँबाट को ?
बिर्तामोड । झापाको पाँचौँ निर्वाचन क्षेत्रमा एमालेले निर्वाचनबाट प्रतिनिधि छनोट गरेको छ । सोमबार साँझ झापा २ को परिणाम सार्वजनिक भएसँगै जिल्लाको सबै क्षेत्रको प्रतिनिधि छनाेट सम्पन्न भएको हो ।
झापा क्षेत्र नं. २ बाट एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा एक मन्त्री, दुई मेयरसहित ९ जना निर्वाचित भएका छन् ।
खुला ५, महिला ३ र एक जना युवा प्रतिनिधिका लागि क्षेत्र नं. २ मा निर्वाचन भएको थियो । निर्वाचनमा २७ जना उम्मेदवार बनेका थिए । कोशी प्रदेशका खानेपानी तथा सिँचाई मन्त्री एकराज कार्की १७१६ सर्वाधिक मतसहित निर्वाचित भएका हुन् ।
यस्तै, नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरी १४६८, बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई १५०१, अर्जुनधारा नगरपालिकाका मेयर बलदेवसिंह गोम्देन तामाङ १४०६ र कोशी प्रदेशका सांसद चिन्तन पाठक १४१४ मतसहित निर्वाचित भएका हुन् । गणनाको पहिलो रात बिर्तामोडमा मत छुतेको विषयमा विवाद हुँदा स्थगित भएको थियो । सोमबार बिहानबाट खुल्ला तर्फको पुनःमत गणना गरिएको थियो । विवाद हुँदा ६ सय मत गणना गर्न बाँकी थियो ।
२ नं. क्षेत्रमा महिला तर्फ सर्वाधिक मतसहित बिर्तामोड नगरपालिकाको मेयर पवित्रा महतारा प्रसाईँ १८८०, पवित्रा पाठक १६५८ र सुनिता खरेल १५८८ मतसहित निर्वाचित भएका छन् । युवा तर्फ खगेन्द्रराज आङदेम्वे १४७७ मतसहित निर्वाचित भए ।
झापाबाट राष्ट्रिय महाधिवेशनमा खुल्ला तर्फबाट १९ जना, महिला १२, युवा ५ र दलित २ जना प्रतिनिधि सहभागी हुने छन् । दलित प्रतिनिधिबाहेक ३६ जनाका लागि निर्वाचन सम्पन्न भई परिणाम समेत आइसकेको छ । दलित प्रतिनिधि सर्वसम्मत गरिने जनाइएको छ ।
उता, झापा निर्वाचन क्षेत्र नं. १ बाट दुई महिलासहित ६ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचित भएकाहरूमा खुल्लातर्फ राजु पोखरेल, असारु राजवंशी र लक्ष्मी राई रहेका छन् । महिलातर्फ रमा भण्डारी र जानुका ओली निर्वाचित भएका छन् भने युवातर्फ दीपक बराल निर्वाचित भए ।
यसैगरी, क्षेत्र नं. ३ बाट दुई महिलासहित छ जना निर्वाचित भएका छन् । निर्वाचित भएकाहरूमा खुल्लातर्फ छविलाल चुडाल, त्रिलोचन सापकोटा र वसन्त बानियाँ रहेका छन् । महिलातर्फ कल्पना रेग्मी र शान्तादेवी खरेल निर्वाचित भए । युवातर्फ अग्निप्रसाद सापकोटा निर्वाचित भएका छन् ।
झापा निर्वाचन क्षेत्र नं. ४ बाट दुई महिलासहित ७ जना निर्वाचित भएका छन् । निर्वाचित भएकाहरूमा खुल्लातर्फ रोशन थोप्रा, रविन्द्र लम्साल, एलपी सावा र हिमबहादुर कार्की रहेका छन् । महिलातर्फ कृष्णमाया भुजेल र गोमा रिजाल निर्वाचित भए । युवा तर्फ रोशन सुबेदी निर्वाचित भएका छन् ।
त्यसैगरी झापा क्षेत्र नं. ५ मा खुल्ला तर्फ अम्विका प्रसाद खनाल, शिव ढुंगेल, होम बहादुर थापा, तुलसी कार्की निर्वाचित भएका छन् । महिला तर्फ अम्बिका देवी अधिकारी (गीता), नर्वदा उप्रेती गौतम, लिला ढुङ्गेल दाहाल निर्वाचित भए ।
युवा तर्फ युवराज पौड्याल (विवश) निर्वाचित भएका छन् । जिल्लामा ३६ जनाका लागि ९५ जना उम्मेदवार प्रतिस्पर्धामा सहभागी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्यो प्रदेश द्रुत लोकमार्गको योजना
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण