कांग्रेस–कम्युनिष्ट मिलेर मुलुकलाई ध्वस्त बनाए : उपेन्द्र यादव
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस–कम्युनिष्ट मिलेर मुलुकलाई ध्वस्त बनाएको आरोप लगाएका छन् ।
पार्टी निकट समाजवादी युवा सङ्घ नेपालको केन्द्रीय समितिको पहिलो बैठकलाई सोमवार ललितपुरमा सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाएका हुन् ।
उनले गत ३५ वर्षसम्म कांग्रेस र कम्युनिष्ट शक्तिले मुलुकको शासन सञ्चालन गरे पनि शिक्षा, स्वास्थ्य तथा रोजगारीजस्ता क्षेत्रमा राज्यले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको बताए ।
उनले मुलुकमा भ्रष्टाचार, अराजकता र कमिशनतन्त्र मौलाउँदै गएको गएको भन्दै त्यसका विरुद्ध युवाहरू विद्रोहमा उत्रिएको बताए ।
उनले भने, ‘अहिले मुलुकको राजनीति अत्यन्त सङ्कटमा छ । नेपालमा बहुदल व्यवस्था आइसकेपछि करिब ३५ वर्षसम्म कांग्रेस–कम्युनिष्टले शासन गरे । अरूहरुले केही मन्त्रालय अथवा सहयोगी भूमिका निभाए । आज मुलुक शिक्षाको क्षेत्रका हिसाबले ध्वस्त भयो । स्वास्थ्यको क्षेत्रमा पनि त्यस्तै छ । युवाहरूलाई राम्रो शिक्षा र रोजगारी समेत दिन सकेनौँ । ३५ वर्ष कम्युनिष्ट–कांग्रेसहरुको शासनमा गुणस्तरीय शिक्षा र रोजगारीको व्यवस्था पनि हुन सकेन । मुलुकमा भ्रष्टाचार, अराजकता, कमिशनतन्त्र बढेर गयो । जसको परिणाम युवाहरूले विद्रोह गरे । अब फेरि ती शक्तिहरूले केही गर्न सक्नेवाला छैनन् ।’
फेरि पनि पुरानै राजनीतिक शक्तिहरुबाट मुलुकले निकास पाउन नसक्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण