कामै नगरी रकम निकासी : सिफारिस दिने वडाध्यक्ष फन्दामा
गुल्मी– गुल्मीको छत्रकोट गाउँपालिका वडानम्वर ४ मा उपभोक्ता समितिका पदाधिकारी र वडाध्यक्षको मिलोमोतोमा कामै नगरी काम भएको सिफारिस गरेर गाउँपालिकाको रकम भ्रष्टचार गर्न खोजेको पाइएको छ । साविकको दिगाम गाविसस्थित नयाँपोखरा देखि सपौंदी गैराहुँदै राधाकृष्ण मन्दिरसम्म करिव ३ सय मिटर सडक मर्मतका लागि गत वर्ष छत्रकोट गाउँपालिकाबाट ७३ हजार ८ सय ३७ रुपैयाँ ९३ पैसा विनियोजन भएको थियो ।
उक्त रकम निकाल्नका वडाध्यक्ष डिलाराम न्यौपानेले कामै नभएको स्वयंमले देखेरपनि सम्पन्न भएको सिफारिस दिएपछि स्थानीयले गाउँपालिका पुगेर पोल खेलेका हुन् ।
अनुमन गर्न बाध्य भए कर्मचारी
कामै नभएको स्थानमा काम भएको सिफारिस दिएर रकम निकाल्न लागेपछि घट्नाबारे स्थानीयले गाउँपालिकालाई जानकारी गराएका थिए । स्थानीयको जानकारीपछि कार्यलयका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थी लगायतको टोली अनुगमन गर्न गयो । ‘स्थानीयले कामै नभएको हामीलाई बताए’– पन्थीले भने–‘अनुगन गर्न जाँदा काम नगरेको पाईएपछि रकम रोक्का गरिएको छ ।’ उपभोक्ता समितिका अध्यक्ष दिपक कँडेल र सचिव भुपालसिंह कँडेलले समितिबाट अधिकार प्रत्यायोजन गरी रकम निकासी गर्न गएका थिए । । यसबारे वडाध्यक्ष न्यौपानेको प्रतिकृया लिन खोज्दा सम्पर्क हुन सकेन भने गाउँपालिका प्रमुख मधुकृष्ण पन्तले पनि फोन उठाएनन् ।
उपभोक्ता समितिका अध्यक्ष दिपक कँडेलले पोहोर साल मोटरबाटो खनेको सात आठ लाख ऋण तिर्नका लागि काम नगरी रकम निकाल्न खोजेको स्वीकार गरे ।
विपक्षमा वोल्नेलाई हातपात
उपभोक्ता समितिका अध्यक्ष कँडेलले श्रृँगा प्राथामिक स्वास्थ्य चौकीका एम्वुलेन्स चालक मोहन केसीमाथी हातपात गरेको प्रत्यक्षदर्शीले बताए । केसीले भने–‘ काम नै नभएको ठाउँमा काम भएको भन्दै रकम निकाल्न लागेपछि चर्चा परिचर्चा हुँदै त्यस बेला उनले हिर्काए अनिा लछार पछार गरे ।’
एउटै पार्टीकाले खोले पोल
वडाध्यक्षदेखि गाउँपालिका प्रमुख ,उप प्रमुखसहित तत्कालिन एमालले वहुमत जितेको गाउँपालिका हो त्यो । नाम नवताउने सर्तमा एक तत्कालिन एमालेका कार्यकर्ताले भने ‘नराम्रो काम गर्नेलाई आफ्ना नेता कार्यकर्ता भनेर जोगाईन्न । यस्ता अरु पनि गल्ती खोजिदै छ भण्डाफोर गर्नेपर्छ ।’
वडाध्यक्षको राजीनामा माग
दिगामका अधिकांश नेकपाका कार्यकर्ता सहित स्थानीयले वडाध्यक्ष न्यौपानेको राजीनामा माग गरेका छन् । ‘भ्रष्टचारलाई प्रशय दिने वडाध्यक्षले राजीनामा दिनैपर्छ, नत्र आन्दोलन गरिन्छ’ एक कार्यकर्ताले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक दुई साताका लागि स्थगित
-
अमेरिकाद्वारा प्रहरीलाई लागुऔषध परीक्षण किट प्रदान
-
बेलायतमा किशोरका लागि मध्यरातपछि सामाजिक सञ्जालमा कर्फ्यू प्रस्ताव
-
हामी अत्यन्त भोकाएका छौंः थोमस टुचेल
-
लुम्बिनी प्रादेशिक अस्पताल सुधारका लागि माओवादीको २४ बुँदे मागपत्र
-
कांग्रेस–एमालेको पूर्वसहमति भत्कियो, प्रदेश सरकार गठनमा नेकपा निर्णायक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण