शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

‘अभिमन्यु’को प्रिमिएरमा कसले के भने ?

मङ्गलबार, १६ मङ्सिर २०८२, १३ : ०४
मङ्गलबार, १६ मङ्सिर २०८२

सारांश

  • फिल्म 'अभिमन्यु: च्याप्टर-१' को प्रिमियर ललितपुरमा सम्पन्न भयो, जसमा फिल्मकर्मी र रंगपत्रकारहरूको उपस्थिति थियो।
  • प्रिमियरमा अधिकांश दर्शकले फिल्म उत्कृष्ट रहेको प्रतिक्रिया दिए, अभिनेता र निर्देशकले फिल्मको कथावस्तु र कलाकारको अभिनयको प्रशंसा गरे।
  • फिल्ममा कामेश्वर चौरसिया मुख्य भूमिकामा छन्, उनले लामो समयको संघर्षपछि मुख्य भूमिका पाएकोमा खुसी व्यक्त गरे, र यो १८ गतेबाट प्रदर्शन हुँदैछ।

काठमाडौँ । फिल्म ‘अभिमन्यु : च्याप्टर–१’को प्रिमिएर गरिएको छ । सोमबार साँझ ललितपुरस्थित लविम महलको क्यूएफएक्समा हलमा गरिएको प्रिमियरमा फिल्मकर्मी, फिल्मका युनिट र रंगपत्रकारको बाक्लो उपस्थिति रहेको थियो ।

फिल्म हेर्न अधिकांशले फिल्म उत्कृष्ट भएको प्रतिक्रिया दिँदा केहीले ठिकै रहेको बताए । कतिपयले फिल्मले कलाकारको अभिनय राम्रो भएको बताए भने कतिले कथा मनपरेको धारणा राखे । प्रिमियरमा फिल्मको सस्पेन्स थ्रिलर ड्रामा पनि दर्शकले रुचाएका थिए ।

प्रिमिएर निर्देशक शोभित बस्नेत, अभिनेता दिब्यदेव पन्त, कमेडियन भरतमणि अधिकारी, अभिनेत्री सरिता गिरी लगायतका उपस्थिति थियो ।

अभिनेता दिव्यदेव पन्तले फिल्मको कथावस्तु, निर्देशन र कलाकारहरूको अभिनय अब्बल लागेको बताए । फिल्ममा महिला पात्रलाई जसरी देखाइन्थ्यो वा कन्भिन्स् गराइन्थ्यो, त्यो परम्परालाई यसले तोडेको उनको भनाई थियो ।

निर्देशक शोभित बस्नेतले पहिला स्टारका चलचित्र चल्थे, अहिले कलाकारका चलचित्र चल्न थालेको बताए । उनले यो फिल्म पनि कलाकारकाको कारण चल्ने धारणा राखे । ‘फिल्मले मज्जाले लास्टसम्म बाँधेर राख्छ । हरेक क्षण अब के हुन्छ, अब के हुन्छ भन्ने कौतुहलता जगाउछ’ उनले थपे ।

film premer photo (2)

कमेडीयन भरतमणि पौडेलले फिल्मले दाइजो प्रथाजस्तो गम्भीर सामाजिक विषयवस्तु उठाएको र सस्पेन्सले भरिपूर्ण रहेको प्रतिक्रिया दिए ।

प्रिमियरपछि फिल्मका मुख्य अभिनेता कामेश्वर चौरसिया मिडियासामु निकै भावुक देखिए । करिब २ दशक फिल्म क्षेत्रमा बिताएका उनले बल्ल फिल्ममा मुख्य भूमिका पाएका हुन् । लामो संघर्षपछि मुख्य भूमिका निर्वाह गर्न पाएकोमा खुसी व्यक्त गर्दै उनले भने, ‘कलाकार बन्नको लागि स्क्रिप्ट नै चाहिदो रहेछ । अहिलेसम्म मैले जति काम गरेँ, सबैले सराहना गर्नुभयो तर लिड क्यारेक्टरको लागि एउटा बलियो लिखित दस्तावेज नै चाहिन्छ । जे गरेँ, यहाँ आइपुग्नकै लागि रहेछ ।’

film premer photo (3)

फिल्म आगामी बिहीबार (१८ गते)बाट सार्वजनिक प्रदर्सन आउदैछ । फिल्ममा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देललगायतका कलाकारको मुख्य भूमिका छ । 

सुशान्त गौतमले निर्देशन गरेको फिल्मका लेखन मुकेश खनाल र निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । फिल्म नेपाली र हिन्दी दुई भाषामा स्वदेश तथा विदेशमा रिलिज हुँदैछ ।

film premer photo (4)film premer photo (5)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप