विदेश पठाइदिन्छु भनेर ठग्ने २ जना पक्राउ
मङ्गलबार, १६ मङ्सिर २०८२, १४ : ३२
काठमाडौँ । विदेश पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–३ घर भएका ३० वर्षीय प्रवेश पोखरेल र काभ्रे घर भएका ४५ वर्षीय ईश्वर राना छन् ।
सोमबार उनीहरूलाई काठमाडौँबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए ।
अल्बानिया पठाउँछु भनेर पोखरेलले ८ लाख ७० हजार र रानाले क्रोएसिया पठाउँछु भनेर ११ लाख ठगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
उनीहरूलाई कानुनी कारवाहीका लागी वैदेशिक रोजगार विभागमा पठाइएको एसपी आचार्यले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सिग्नेचर व्रिज’ निर्माण अन्तिम चरणमा
-
कर्णालीमा गाडी दुर्घटना : एक जनाको शव फेला, अन्यको खोजीकार्य जारी
-
प्रधानमन्त्रीको अभिव्यक्ति छिमेकी मुलुकलाई खुसी पार्ने खालको छ : विश्वकर्मा
-
साझा बसको रङ फेरेर साउन १ देखि चल्दैछन् ‘ब्लु बस’, कुन रुटमा कतिवटा ?
-
जापानमा रनिङ कप फुटबल सम्पन्न, ओइजुमी एफसीले जित्यो उपाधि
-
प्रधानमन्त्री सडकको होइन, देशको हुनुपर्छ : एमाले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण