डिक्सनेरीबाट ‘सत्य’ शब्द डिलिट गराैँ : केपी ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालका राजनीतिक दलहरूले सत्य बोल्न नसक्ने हो भने नेपाली डिक्सनेरी ‘सत्य’ शब्द झिक्नुपर्ने बताएका छन् ।
नेकपा एमाले वन तथा वातावरण विभागले मंगलबार आयोजना गरेको पुस्तक विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले तोडफोड, आगजनी र लुटपाटलाई क्रान्ति भनेर सत्य नबोल्ने हो सत्य शब्द झिक्नुपर्ने बताएका हुन् ।
साथै उनले केही मानिस त्यही वितण्डा र अराजकताको लाभ लिइरहेको बताए ।
‘देशको स्वार्थलाई मासेर, आगो लगाएर । अराजकता, वितण्डा, आगजनी । यस्तो वितण्डालाई महिमा मण्डन गरेर । कति गैरजिम्मेवार तरिका होला भन्ठान्छु ।’ पूर्व प्रधानमन्त्री ओलीले देशलाई सही ट्रयाकमा फर्काउनै पर्ने बताए ।
‘यदि यति सारो संविधान मिचिएको कुरालाई मिचियो भन्न सक्दैनौ हामी, अवैध र अनधिकृत रूपमा सिफारिस गरिएको संसद् विघटनले लोकतन्त्र मासियोसम्म भन्न सक्दैनौँ भने नेपाली डिक्सनेरीबाट ‘सत्य’ भन्ने शब्द डिलिट गर्दिए हुन्छ’, ओलीको भनाइ छ ।
उनले यति पनि भन्न नसक्ने हो भने के भन्न सक्छौ भन्दै दलहरूको के स्नेह हो भनेर प्रश्न गरे । ओलीले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चले दिएको परमादेशको पनि आलोचना गरे ।
मुलुकको परिस्थिति जटिल अवस्थामा रहेको बेला एमालेको महाधिवेशन हुन लागेकाले महाधिवेशनमार्फत समस्यालाई जित्ने गरी लाग्न नेता कार्यकर्तालाई ओलीले आह्वान समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७ लाख ६१ हजार मेट्रिकटन खाद्यान्न उत्पादन
-
अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध
-
क्वाटरफाइनल प्रवेशका लागि क्यानडा र मोरक्को आमनेसामने
-
पोर्चुगलको जङ्गलमा डढेलो, नियन्त्रणका लागि सयौँ अग्नि नियन्त्रक सक्रिय
-
दर्ता प्राप्त चिकित्सकले मात्र रेडियोलोजी सेवा दिन पाउने कानुनी व्यवस्था पालना गर्न माग
-
काठमाडौँसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण