एनपीएल : पोखराको दोस्रो जित, कर्णाली बाहिरियो
काठमाडौँ । पोखरा एभेन्जर्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा कर्णाली याक्समाथि सहज जित निकालेको छ ।
मंगलबार भएको खेलमा पोखराले कर्णाली याक्समाथि ३४ रनको जित निकालेको हो ।
त्रिवि क्रिकेट मैदानमा पोखराले दिएको २०२ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १६७ रन बनायो ।
कर्णालीका लागि मार्क वाटले ५९ रनको अर्धशतकीय पारी खेले । ३४ बल खेलेका उनले ४ चौका र ५ छक्का प्रहार गरे ।
त्यस्तै नजमउल्लाह जर्दानले २४ रन बनाउँदा पवन सरर्फले १९ रनको योगदान गरे । पोखराका लागि ऋषी धवन र धनन्जय लक्षनले तीन तीन विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै २०१ रन बनाएको थियो ।
पोखराका लागि रोसिङ्टोनले शतकीय पारी खेले । ५७ बल खेलेका उनले ११ चौका र ७ छक्का प्रहार गरे । त्यस्तै जेसन रोयले ४६ रन बनाउँदा धनन्जय लक्सनले २३ रनको योगदान गरे । पोखराका कप्तान कुशल भुर्तेलले १८ रन जोडे ।
कर्णालीका लागि मार्क वाट र नन्दन यादवले एक एक विकेट लिए । आजको खेलमा जित निकाल्दै पोखराले पाँच खेलबाट ४ अंक जोडेको छ । पराजित कर्णालीको ६ खेलबाट २ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण