महाधिवेशनको नियतिमा नियतको खोट नलागोस्
अन्ततः १५औँ महाधिवेशनको टुङ्गो लगाएर नेपाली काँग्रेस, पार्टीको आन्तरिक माहौलमा होमिएको छ । नेपाली काँग्रेसको आन्तरिक जीवन मात्रै पार्टीको जीवन्ततासँग मात्रै सम्बन्धित छैन, बरु राष्ट्रिय राजनीतिक जीवनमा पनि यसले विशेष अर्थ राख्छ । एक प्रकारले राष्ट्रको सङ्कटलाई छोडेर आन्तरिक मन्थनमा लामो समय बिताएको नेपाली काँग्रेसमाथि राष्ट्रिय दायित्वका सवालमा आलोचनात्मक टिप्पणीहरू पनि नभएका होइनन्, तथापि नेपाली काँग्रेसको त्यही नीति र निर्णय नै राष्ट्रका लागि सङ्कट निकासका लागि निर्णायक मोड पनि बन्न सक्छ । यो नेपाली काँग्रेसको राष्ट्रिय दायित्व पनि हो ।
नेपाली काँग्रेस आफैमा एउटा ऐतिहासिक पार्टी हो । लोकतन्त्रको पहरेदारका रूपमा देशका हरेक मोडहरूमा नेपाली काँग्रेसले नै नेतृत्व गर्दै आएको छ । आजको राजनीतिमा नेपाली काँग्रेस कहाँ छ ? पार्टी सदस्यता नलिएरै पनि वा नेपाली काँग्रेसलाई नचिनेरै पनि भोट हाल्दा ‘रुख’ खोज्नेहरूले धानेको पार्टी हो नेपाली काँग्रेस । यसका आफ्नै ऐतिहासिक आयामहरू छन्, आफैले कोरेका इतिहासका पानाहरू जिउँदा छन् । यस अर्थमा नेपाली काँग्रेस भनेको कुनै वामपन्थ जस्तो सांगठनिक पार्टी होइन, यो समुदायमा आफै जन्मिएर आफैमा झाँगिएको पार्टी हो । तर यसो भन्दैमा हामीले पार्टीका हरेक तहका नेतृत्व र संगठनलाई कमजोर बनाउने भनेको होइन वा त्यसै छोड्ने भनेको होइन ।
हामीले इतिहास रचेका छौँ भनेर आजको पुस्ता अनि भावी पिँढीका लागि पनि नेपाली काँग्रेस हुनुमा गौरवान्वित हुनसक्ने बनाउनुपर्ने दायित्व आजको नेतृत्वमा छ । हिजो हामीले वा हाम्रा पुर्खाले के गरे त्यसको लेखाजोखामै समय खेर फाल्नु भन्दा पनि अबको पुस्तालाई नेपाली काँग्रेससँग कसरी जोड्ने भन्ने भिजन अहिले पार्टीलाई चाहिएको छ । त्यसकै लागि ‘युथ’ र ‘स्मार्ट’ नेतृत्वको आवश्यकता छ । युवा यस अर्थमा कि त्यो उमेरले होइन पार्टी जोगाउने उसको दूरदर्शनमा भर पर्ने कुरा हो । ‘स्मार्ट’ यस अर्थमा कि आजको पुस्तालाई उसले राजनीति बुझाउन सकोस् वा राजनीतिमा आशा जगाउन सकोस् । देशमै बस्न मन नगरिरहेको युवा पुस्तालाई एउटा ऐतिहासिक र पुरानो पार्टीमा कसरी गाँस्ने अनि उसलाई कसरी टिकाउने भन्ने कुरा अहिलेको नेतृत्वको कार्यशैलीमै निर्भर छ । जेनजी आन्दोलनको एउटा अन्तर्य यो पनि हो ।
जे होस् पार्टीको राजनीतिक जीवनमा नेपाली काँग्रेस यतिबेला अत्यन्तै संवेदनशील घडीमा छ । जेनजी विद्रोहपछि नेपाली राजनीतिमा जुनप्रकारको उथलपुथल आयो त्यसका भयङ्कर बाछिटाले नेपाली काँग्रेस निकै पिरोलियो ।
एउटा कोणबाट हेर्ने हो भने जेनजी आन्दोलनपछिका लगभग अढाई महिनाहरू नेपाली काँग्रेसले खेर फालेकै हो । सुरुका केही दिनको अन्योलबिच नेपाली काँग्रेस सार्वजनिक जीवनमा देखिएन । राष्ट्रिय मुद्दाहरूमाथि नेपाली काँग्रेसले सार्वजनिक बहस नै चलाएको जस्तो देखिएन । त्यसपछिका केही दिन काँग्रेसको नेतृत्वमाथि बहस सुरु हुन थाल्यो । पार्टीकै नेता कार्यकर्ताहरूले नेतृत्व परिवर्तनको बहसलाई यतिधेरै माथि उठाइदिए कि त्यसले पार्टीलाई महाधिवेशनको बाटोमा जानै पर्ने दबाब सिर्जना पनि गर्यो ।
यद्यपि गत भदौ २३ र २४ मा भएको जेनजी विद्रोहको एक भावनांश पनि थियो । त्यो विद्रोहको एउटा प्रस्ट आवाज यो पनि थियो कि अब ‘थोत्रिएको नेतृत्व र थोत्रिएको विचार’ ले देश चल्दैन । पार्टी अनि राजनीति चल्दैन । ‘रि–फर्म’ त्यो विद्रोहको एक मुख्य हिस्सा थियो समाज, राष्ट्र, राजनीति र राजनीतिक दलका सवालमा पनि । विद्रोहको त्यही भावमा नेपाली काँग्रेसभित्र पनि नेतृत्व अनि नीति परिवर्तनको बहस चल्यो । जसमा नेपाली काँग्रेस कम्तीमा दुई महिना आन्तरिक बहसमा जम्यो । यो बहस, छलफल अनि आन्तरिक मन्थनले अन्ततः १५औँ महाधिवेशनको बाटो तय गरेको छ । खेर फालिएका भए पनि डेढ महिनाका यी दिनहरू नेपाली काँग्रेसको इतिहासमै महत्त्वपूर्ण क्षणहरूका रूपमा पक्कै लेखिनेछन् ।
_xBwoRv2zeA.jpg)
जे होस् पार्टीको राजनीतिक जीवनमा नेपाली काँग्रेस यतिबेला अत्यन्तै संवेदनशील घडीमा छ । जेनजी विद्रोहपछि नेपाली राजनीतिमा जुनप्रकारको उथलपुथल आयो त्यसका भयङ्कर बाछिटाले नेपाली काँग्रेस निकै पिरोलियो । पार्टीका केन्द्रीय सभापति, जो यो राष्ट्र, राष्ट्रियता र लोकतन्त्रका लागि आफ्नो जीवनभरि लडिरहनुभयो उहाँमाथि साङ्घातिक आक्रमण गरियो । पार्टी कार्यालयहरू ध्वस्त पारिए । पार्टी नेताका निजी घरहरू खरानी बनाइए । लोकतन्त्रमा विद्रोह वा विरोधको जग जसले बसाल्यो आखिर उसैमाथि एउटा पुस्ताको नाममा मौलाएको अराजकताले आक्रमण गर्यो ।
२०८२ को मंसिरमै नेपाली काँग्रेसको महाधिवेशन हुनुपर्छ भनेर उहाँले आफ्नो अडान अन्तिमसम्म पनि छोड्नु भएन । यद्यपि परिस्थितिले यो मंसिर पनि त्यत्तिकै गुज्रियो ।
तथापि पार्टी सभापति शेरबहादुर देउवाको सुझबुझपूर्ण र परिपक्व निर्णयका कारण अहिले नेपाली काँग्रेस फेरि एउटा मूलबाटोमा आफूलाई हिँडाउँदै छ । जसरी विद्रोहको भावनालाई स्वीकार गर्दै उहाँले पार्टी नेतृत्व हस्तान्तरणको सहज बाटो खोलिदिनु भयो त्यसले पार्टीलाई नयाँ नेतृत्व, नयाँ सोच र नीति बनाउनका लागि महत्त्वपूर्ण भूमिका खेल्नेछ । यसर्थ पनि उहाँको यो अभिभावकीय भूमिकालाई नेपाली काँग्रेसको यो पुस्ताले मात्रै होइन आगामी पुस्ताले समेत सम्झी रहनुपर्छ ।

१५ औँ महाधिवेशनका सन्दर्भमा पनि उहाँले निकै मध्यमार्गी बाटो अपनाएर कार्यवाहक सभापतिमार्फत पार्टीलाई एउटा निकासको बाटो देखाउनुभएको छ। जुन कुरा काँग्रेसकै नेता डा. शेखर कोइरालाले पनि बारम्बार भन्दै आउनुभएको थियो । लामो समयदेखि उहाँले पार्टी महाधिवेशन विधानले नै तोकेको समयमा हुनुपर्छ भन्दै आउनु भएको थियो । २०८२ को मंसिरमै नेपाली काँग्रेसको महाधिवेशन हुनुपर्छ भनेर उहाँले आफ्नो अडान अन्तिमसम्म पनि छोड्नु भएन । यद्यपि परिस्थितिले यो मंसिर पनि त्यत्तिकै गुज्रियो । अन्ततः डा. कोइरालाले भन्नु भएजस्तै पार्टी सभापतिले एउटा मझधारको बाटो दिएर पुस २६ देखि नेपाली काँग्रेसको महाधिवेशन हुने भएको छ ।
यसका लागि कोइरालाले लामो समय पार्टीभित्रका विभिन्न पदाधिकारीहरू, नेताहरू तथा युवा कार्यकर्ताहरूसँग समेत निरन्तर छलफलमा रहनुभयो । पटक–पटक पार्टी सभापतिलाई कन्भिन्स गर्नेदेखि सङ्कटका बेलामा उत्तेजक नहुनसमेत उहाँले सम्झाउँदै आउनुभयो र आफूलाई पनि पार्टीभित्रको मध्यमार्गी नेताका रूपमा उभ्याउनु भयो । अन्ततः नेपाली काँग्रेसको आफ्नै चरित्रअनुसार पार्टी विवाद पनि मध्यमार्गी बाटोबाटै समाधान्मुख भयो । त्यसैको प्रतिफल १५औँ महाधिवेशनको मिति हो । हुने नै भएपछि मंसिर र पुसका केही मितिहरूले खासै फरक नपार्लान् ।
यसै पनि चुनाव भन्दा अघि नै नेपाली काँग्रेसको महाधिवेशन हुनैपर्ने थियो । लोकतन्त्रको आलोकमा उज्यालिएको नेपाली काँग्रेसले आफैले त्यसको दियो कहिल्यै निभाउने हरकत गर्न हुँदैनथ्यो ।
हरेक राजनीतिक पार्टीको आन्तरिक जीवनमा महाधिवेशन भनेको एउटा शक्ति हो, जसले पार्टीका भावी गन्तव्य तय गर्छ । डा. कोइरालाले भन्नु भए अनुसार पहिला नै पार्टीको महाधिवेशनबारे निर्णय लिन सकेको भए अहिलेको जस्तो केन्द्रीय समितिको बैठककै लागि नेपाली काँग्रेसले समय खेर फाल्नुपर्ने थिएन । महाधिवेशन कहिले गर्ने भन्ने आन्तरिक विवादमै नेपाली काँग्रेसले खेर गरेका यी डेढ महिनामा राष्ट्रिय सङ्कट मोचनका लागि नेपाली काँग्रेसले उपयोग गर्न सक्थ्यो । खैर, जे भए पनि अब नेपाली काँग्रेस महाधिवेशनमै होमिनु पर्नेछ । त्यसपछि फागुन २१ को चुनाव त अनिवार्य राष्ट्रिय आवश्यकता नै भइहाल्यो ।
यसै पनि चुनाव भन्दा अघि नै नेपाली काँग्रेसको महाधिवेशन हुनैपर्ने थियो । लोकतन्त्रको आलोकमा उज्यालिएको नेपाली काँग्रेसले आफैले त्यसको दियो कहिल्यै निभाउने हरकत गर्न हुँदैनथ्यो । त्यो भएन । राम्रै भयो । कम्तीमा हामीले आगामी फागुन २१ को निर्वाचनमा नेपाली काँग्रेसका नयाँ अनुहारहरू, नयाँ नीति अनि नयाँ नेतृत्वलाई आम मतदाताबिच चिनाउन पाउनेछौँ ।
आफ्नै आन्तरिक जीवनको लोकतन्त्र निभाएर फेरि हामीलाई चुनावमा आम नागरिकका अघि भोट भाग्ने नैतिक अधिकार थिएन पनि । अब भने नेपाली काँग्रेस फेरि एकपटक मजबुतीको जगबाट उठ्ने बेला भएको छ । समय थोरै छ । कार्यभारका दायराहरू साँघुरा छन् । र, पनि महाधिवेशन गर्नैपर्नेछ । यो वा त्यो बहानामा फेरि महाधिवेशन लम्ब्याउने छुट कम्तीमा अब ‘म्याद थपिएका’ पदाधिकारीहरूलाई छैन । त्यो हुन पनि सक्दैन ।
अब महाधिवेशनको कार्यतालिका अनुसार जिम्मेवारी पाएका पदाधिकारीहरूले अब एक निमेष पनि खेर नफालेर काम फत्ते गर्न जरुरी छ । आम कार्यकर्ताहरूले एकपटक पद र प्रतिष्ठाको लोभ नगरेर समग्र राष्ट्रिय दायित्व अनि पार्टीप्रतिको जिम्मेवारी सम्झेर महाधिवेशनमा साझेदारी गर्नु आवश्यक छ । यसरी हर निमेष हामी सबै महाधिवेशनका लागि जुट्यौँ भने पुस २६का लागि थाँती रहेका सबै कामहरू हामीले त्यसअघि नै सक्नेछौँ ।
समय निकै नै छोटो छ । गर्नुपर्ने कामहरू धेरै छन् । यद्यपि महाधिवेशनको मिति घोषणा भए पनि पर्दापछि अझै कैयौँ अन्योल र आशङ्काहरू पनि व्याप्त छन् । तर त्यसलाई पनि हामीले आफ्नो जिम्मेवारीमार्फत निस्तेज पार्न सक्छौँ । किनकि विशेष महाधिवेशनका लागि दुई हजार चार सय ४८ हस्ताक्षरहरू पार्टी कार्यालयमा ताजै छन् । कार्यसमितिले माघ मसान्तसम्ममा आफ्नो पदावधि लम्बाएको छ । यसमा पनि कतिपय आशङ्काहरू उत्पन्न भएका छन् । आशा गरौँ, नियतिको यो सङ्कटपूर्ण घडीमा नेपाली काँग्रेसको नियतमा कालो नपोतियोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण