प्रतिबन्धित लागूऔषध गाँजासहित युवक पक्राउ
बिहीबार, १८ मङ्सिर २०८२, ०८ : ४४
सारांश
- प्रहरीले उदयपुरको चौदण्डीगढीबाट गाँजासहित एक युवकलाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा सप्तरी कञ्चनरुपका २४ वर्षीय शिवशंकर राम रहेका छन्।
- प्रहरीले उनको साथबाट ५ केजी १०० ग्राम गाँजा बरामद गरेको छ।
उदयपुर । इलाका प्रहरी कार्यालय बेल्टार र प्रहरी चौकी बसाहाबाट खटिएको संयुक्त प्रहरी टोलीले बुधबार साँझ चौदण्डीगढी नगरपालिका–३ पैँतालिस चोकबाट प्रतिबन्धित लागूऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ ।
उदयपुर वेलकाको रामपुरबाट सप्तरीको कञ्चनपुर तर्फ जाँदै गरेको प्र.२-०१-००३ प २९३५ नम्बरको मोटरसाइकलमा सवार सप्तरी कन्चनरुप नगरपालिका–९ बस्ने २४ वर्षीय शिवशंकर रामलाई प्रहरीले पक्राउ गरेको हो ।
उनको साथबाट ५ केजी १०० ग्राम प्रतिबन्धित लागू औषध गाँजा बरामद गरिएको छ । निजलाई इलाका प्रहरी कार्यालय बेल्टारको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण