शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

ट्रेलरमा यस्तो देखियो ‘लोकन्ती’

बिहीबार, १८ मङ्सिर २०८२, ०८ : ५४
बिहीबार, १८ मङ्सिर २०८२

सारांश

  • चलचित्र 'लोकन्ती' को ट्रेलर सार्वजनिक गरिएको छ, जसमा कमेडी र पारिवारिक कथा प्रस्तुत गरिएको छ।
  • यो चलचित्र यही मङ्सिर २६ गते शुक्रबारबाट देशभरका सिनेमा घरहरूमा प्रदर्शन हुनेछ।
  • एसराज गराच मुख्य भूमिकामा रहेको यस चलचित्रमा ऋचा थापा लगायत अन्य कलाकारको अभिनय रहेको छ।

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘लोकन्ती’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा बुधबार आयोजित एक कार्यक्रमका बिच सार्वजनिक ट्रेलरमा कमेडी र पारिवारिक कथालाई उठान गरिएको छ । जसबाट चलचित्र पारिवारिक र कमेडी विषयमा निर्माण भएको अनुमान गर्न सकिन्छ । ट्रेलरमा चलचित्रका प्रमुख कलाकार अटाइएको छ।

कृशन फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र यही मङ्सिर २६ गते शुक्रबारदेखि देशभरका चलचित्र घरमा एकसाथ प्रदर्शनमा आउने तयारीमा छ । 

काजी लिम्बुको लेखन रहेको चलचित्रलाई रञ्जित रानाले निर्देशन गरेका हुन् । चलचित्रमा अभिनेता एसराज गराच मुख्य भूमिकामा देखिँदै छन् । केहि वर्षको अन्तराल पछि चलचित्र ‘लोकन्ती’ मार्फत दर्शक माझ आउन लागेका अभिनेता एसराजले यो चलचित्र राम्रो बनेको र चलचित्र दर्शकले मन पराउनेमा आशावादी रहेको बताए। 

एसराजसँगै अभिनेत्री तथा मोडल ऋचा थापाको अनस्क्रिन केमेस्ट्री रहेको छ साथै, विमला लिम्बु,कुमार न्यौपाने र विकाश अधिकारी, दमन रुपाखेती,गोविन्द प्रभात लगायत कलाकारहरूको मुख्य भूमिका रहेको छ। चलचित्रका निर्माता सन्तोष न्यौपाने हुन ्।

चलचित्र मार्फत कुमार न्यौपाने र विकाश अधिकारीले अभिनय यात्राको सुरुवात गरेका छन् । सङ्गीत निर्देशनमा विकास चौधरी, छायाङ्कनमा रोनिश तामाङ च्याङ्बा, शृङ्गार अशोक रोक्काको रहेको चलचित्रमा सम्पादन गौतम राज खड्काले गरेका छन् । 

नेपाली संस्कृतिमा आधारित भावनात्मक तथा सामाजिक कथानक बोकेको ‘लोकन्ती’ले दर्शकलाई नयाँ स्वाद दिने अपेक्षा गरेको निर्देशक रानाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप