काठमाडौँका तत्कालीन प्रजिअ रिजालसँग जाँचबुझ आयोगले लियो बयान
सारांश
- जेनजी प्रदर्शनबारे छानबिन गर्न गठित आयोगले तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालसँग बयान लियो।
- भदौमा भएको जेनजी प्रदर्शनको समयमा रिजाल काठमाडौँका प्रमुख जिल्ला अधिकारी थिए र उनलाई गोली चलाउन आदेश दिएको आरोप लागेको छ।
- आयोगले यसअघि सशस्त्र प्रहरी र नेपाल प्रहरीका उच्च पदस्थ अधिकारीहरूसँग पनि सोधपुछ गरिसकेको छ, र १५० जनाभन्दा बढीसँग बयान लिइसकेको छ।
काठमाडौँ । जेनजी प्रदर्शनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालसँग बयान लिएको छ । मङ्सिर १७ र १८ मा सिंहदरबारस्थित आयोगको कार्यालयमा बोलाएर उनीसँग बयान लिइएको हो ।
भदौ २३ र २४ मा जेनजी प्रदर्शन हुँदा रिजाल काठमाडौँको प्रमुख जिल्ला अधिकारी थिए । बानेश्वरमा किशोरहरूको ज्यान जानेगरी गोली चलाउन आदेश दिएको भनेर रिजालको तीव्र आलोचना भइरहेको छ ।
सामाजिक सञ्जालमा आलोचना भएसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौँको वेभसाइटबाट उनको फोटो हटाइएको थियो । सहसचिव रिजालसँग आयोगका पदाधिकारीले दुई दिनदेखि बयान लिए पनि केही प्रश्न अझै बाँकी रहेको आयोगका एकजना सदस्यले रातोपाटीलाई बताए । ती सदस्यले भने– ‘छवि रिजालको बयान अन्तिम चरणमा छन्, शुक्रबार केही प्रश्नहरूको जवाफ दिन बोलाउँछौँ ।’
गौरीबहादुर कार्की नेतृत्वको आयोगले यसअघि सशस्त्र प्रहरीको कार्य विभागका प्रमुख नारायणदत्त पौडेल र प्रहरीका एआईजी सिद्धिविक्रम शाहसँग आयोगले सोधपुछ गरेको थियो । जेनजी प्रदर्शन हुँदा शाह प्रहरीको कार्य विभाग प्रमुख थिए ।
अहिले उनी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा भएका छन् । सशस्त्रका पौडेल अहिले कार्य विभागको नेतृत्वमा छन् । आयोगले मङ्सिर १० मा राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख (मुख्य अनुसन्धान निर्देशक) हुतराज थापासँग बयान लिएको थियो ।
आयोगले यसअघि पूर्वमुख्यसचिव एकनारायण अर्यालसँग पनि सोधपुछ गरेको थियो । आयोगले राष्ट्रिय अनुसन्धान विधागको उपत्यका हेर्ने डीआईजी कृष्ण खनाल, उपत्यका प्रहरी कार्यालय रानीपोखरीका निमित्त प्रमुख ओम राना, सशस्त्र प्रहरीका डीआईजी सुरेश श्रेष्ठ र नेपाल प्रहरीका एसपीद्ववय अपिल बोहरा र कुलदिप चन्दसँग बयान लिइसकेको छ ।
हालसम्म करिब १५० जनासँग सोधपुछ र बयान लिइएको आयोगका एक जना सदस्यले रातोपाटीलाई बताए । ती सदस्यले भने, ‘अहिलेसम्म १५० जनासँग हामीले सोधपुछ र बयान लिइसकेका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण