पुटिन भारत आउँदै, म्याक्रों पुगे चीन
सारांश
- फ्रान्सका राष्ट्रपति म्याक्रों चीनको बेइजिङ भ्रमणमा पुगेर राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरे।
- म्याक्रोंले युक्रेनमा युद्धविरामका लागि चीनको सहयोग र व्यापार सम्बन्धबारे छलफल गर्नेछन्।
- फ्रान्सले रुसलाई युद्धमा सघाउन सक्ने कुनै पनि सहायता नगर्न चीनलाई आग्रह गर्नेछ।
बेइजिङ । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रों चीनको भ्रमणमा बेइजिङ पुगेका छन्। त्यहाँ उनले राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका छन् ।
उनले युक्रेनमा युद्धविराम गराउनका लागि चीनको सहयोग माग्ने र व्यापार सम्बन्धबारे छलफल गर्नेछन्। समाचार एजेन्सी एएफपीका अनुसार, ग्रेट हल अफ द पिपलमा सी जिनपिङ र उनकी पत्नी पेङ लियुआनले म्याक्रों र उनकी पत्नी ब्रिजेटलाई स्वागत गरेका थिए।
सन् २०१७ मा पद सम्हालेपछि म्याक्रोंको चीनको यो चौथो भ्रमण हो। उनले प्रधानमन्त्री ली कियाङसँग पनि भेट गर्ने कार्यक्रम छ।
फ्रान्सले युक्रेनमा युद्धविरामका लागि भूमिका खेल्न चीनमाथि दबाब दिइरहेको छ। फ्रान्सका विदेशमन्त्री जाँ-नोएल बगोले यस हप्ता भनेका थिए, ‘हामी सुरक्षा परिषद्को स्थायी सदस्यको रूपमा चीनले रुस, विशेष गरी भ्लादिमिर पुटिन,माथि युद्धविरामका लागि दबाब दिओस् भन्ने अपेक्षा गर्छौँ ।’
चीनले शान्ति वार्ता र सबै देशको क्षेत्रीय अखण्डताको सम्मान गर्ने कुरा गरे पनि सन् २०२२ मा युक्रेनमा भएको रुसी आक्रमणको आलोचना गरेको छैन।
पश्चिमी देशहरूले चीनले रुसलाई आर्थिक सहयोग र रक्षा उद्योगका लागि महत्त्वपूर्ण सैन्य उपकरण उपलब्ध गराएर युद्धमा मद्दत गरिरहेको आरोप लगाउँदै आएका छन्।
फ्रान्सेली राष्ट्रपति कार्यालयका अनुसार, म्याक्रोंले सी जिनपिङलाई युद्ध जारी राख्न मद्दत पुग्ने कुनै पनि प्रकारको सहायता रुसलाई नदिन आग्रह गर्नेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण