दाङमा खेल सञ्चालन नहुँदा रङ्गशाला अलपत्र
दाङ । दाङको देउखुरीस्थित लमहीमा अन्तरराष्ट्रिय मापदण्डको क्रिकेट रङ्गशाला निर्माण भए पनि खेल सञ्चालन नहुँदा अलपत्र परेको छ । राष्ट्रियस्तरका ठूला खेल खेलाउन सकिने रङ्गशाला तयार भए पनि पछिल्लो एक वर्षयता एउटा पनि खेल भएका छैनन् ।
खेल नहुँदा अहिले मैदानमा घाँस उम्रिएको छ भने फोहरले अव्यवस्थित बनेको छ । लमही नगर विकास समितिको रु आठ करोड लगानीमा रङ्गशाला निर्माण भएको हो । अहिले संरक्षणको काम पनि समितिले गरिरहेको छ ।
“करोडौँ लगानी गरेर रङ्गशाला निर्माण भएको छ”, समितिका इञ्जिनियर तुलसी अर्यालले भने, “तर खेल नहुँदा घाँस उम्रिनुका साथै फोहरले अव्यवस्थित बनेको छ ।” खेल भएमा जति बेला पनि रङ्गशालामा उम्रिएको घाँस काट्न सकिने जनाउँदै उहाँले अहिले घाँस काटे पुनः उम्रिहाल्ने उल्लेख गरे।
“घाँस काट्दा खर्च मात्रै हुने हो । खेल नहुने भएपछि घाँस काट्नुको पनि कुनै अथै छैन । राष्ट्रियस्तरका खेल खेलाउन सकिने गरी मैदान तयार भएको छ”, इञ्जिनियर अर्यालले भने “तर, खेल सञ्चालन नहुँदा लगानी र समय खेर गएको छ ।” विगतमा राष्ट्रपति रनिङशिल्ड, मेयर कपलगायत प्रतियोगिता सञ्चालन भए पनि पछिल्ला वर्षमा त्यो पनि नभएको उहाँको भनाइ छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान)ले खेलतालिका बनाएर खेल खेलाएमा सहज हुने इञ्जिनियर अर्यालले धारणा राखे । रङ्गशालामा प्याराफिट पनि निर्माण भइसकेका छन् ।
तीन सय ९० सिट क्षमताको भिइपी प्याराफिट र दुई हजार सिटको दर्शक प्याराफिट निर्माण भइसकेको उहाँले जानकारी दिनुभयो । नगर विकास समितिले उक्त रङ्गशाला क्यानलाई हस्तान्तरण गर्न खोजिरहे पनि हुन सकेको छैन ।
हाल रङ्गशाला परिसरमा १५ वटा व्यापारिक सटर रहेकाले सोबाट रु एक लाख ५० हजार मासिक आम्दानी हुने गरेको इञ्जिनियर अर्यालले जानकारी दिए । यसअघि, सोही मैदानमा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पनि भएको थियो । रङ्गशाला चार हेक्टर क्षेत्रफलमा फैलिएको छ ।
रङ्गशालामा नेपाल प्रिमियर लिग (एनपिएल) का खेल सञ्चालन गर्न सक्ने क्षमताको रहेको क्रिकेट सङ्घ दाङका अध्यक्ष प्रदिप मज्गैयाले बताए । सरकारले यो रङ्गशालाको महत्व बुझ्न नसकेको उहाँको गुनासो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह
-
इरान र कतारबिच अमेरिका–तेहरान वार्ता मध्यस्थताबारे छलफल
-
माडीमा प्लाष्टिकजन्य सामग्री बिक्रीमा रोक
-
सामाजिक सञ्जालमा सुनचाँदी र नगदको ‘रिल्स’ बनाउनु पर्यो महँगो, चोरले घरमै पुगेर लुटे लाखौँको सम्पत्ति
-
चलचित्र ‘लालीबजार’को अहिलेसम्मको आम्दानी कति ?
-
पाकिस्तानको उत्तर–पश्चिम क्षेत्रमा सैन्य कारबाही तीव्र, २७ जना मारिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण