बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यक : महासचिव पोखरेल
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टीमा बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यक रहेको बताएका छन् ।
एमाले उपत्यका विशेष प्रदेश कमिटीको ११औँ राष्ट्रिय महाधिवेशन जनपरिचालन भेला आज यहाँ सम्बोधन गर्दै उनले अहिले राष्ट्र र पार्टीको आन्दोलनमाथि चुनौती भएकाले त्यसलाई सामना गर्नका लागि बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यक रहेको बताए ।
“अहिलेका चुनौतीलाई सामना गरेर अनुकूल परिस्थिति निर्माण गरिसकेपछि नेतृत्वमा आउने चाहने हामीहरु फेरि प्रतिस्पर्धा गरौला,” उनले भने, “तर अहिलेको समय चुनौतीलाई सामना गर्ने बलियो नेतृत्व पार्टीमा चाहिएको छ ।”
महासचिव पोखरेलले पार्टीमा रहर गर्ने साथीहरुलाई प्रतिस्पर्धा खुला रहेको समेत बताउनुभयो । उहाँले पार्टीको तल्लो कार्यकर्ता तहभन्दा माथिल्लो तहमा समस्या रहेको बताए ।
“सङ्कट आउँदा माथिल्लो नेतृत्व तह विचलित हुन्छ । तर जति तल तह आयो त्यो सङ्कट समाधान हुन्छ,” उनले भन । उनले कार्यकर्ताले पार्टीको रक्षा गर्ने बताए ।
महासचिव पोखरेलले पार्टीले बनाएका नीति अहिलेका चुनौती समाना गर्न प्रभावकारी स्पष्ट दृष्टिकोण रहेको बताए । उपत्यकाका प्रदेश कमिटीका इन्चार्ज सुजिता शाक्यले अहिले नेतृत्वलाई बलियो बनाएर जाने बताए । कमिटीका अध्यक्ष प्रेम पराजुली महाधिवेशन सफल बनाउन सबै लाग्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण