आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

राप्रपाको आन्दोलन किन ? के भन्छन् प्रवक्ता शाही ?

शुक्रबार, १९ मङ्सिर २०८२, १२ : १३
शुक्रबार, १९ मङ्सिर २०८२

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर शाहीले नेपालमा संवैधानिक राजसंस्था जरुरी रहेको बताएका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रवक्ता शाहीले नेपालमा प्रदेश संरचना खारेज गर्न, हिन्दु, बुद्ध, किराँतसहितको हिन्दु अधिराज्य बनाउन, संवैधानिक राजसंस्था कायम गर्न र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने मागका लागि आफूहरुले आन्दोलन गर्न लागेको बताए ।

उनले जापान, बेलायत, नेदरल्याण्ड, अष्ट्रेलियाको जस्तो र क्यानडाको जस्तो राजसंस्था नेपालमा आवश्यक रहेको बताए। राष्ट्रपतिको ठाउँमा संवैधानिक राजसंस्था, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश संरचना खारेज, संवैधानिक आयोगमा राजनीतिक नियुक्ति बन्द, स्थानीय तह गैरदलीय र भ्रष्टाचारीलाई आजीवन कारावास गर्नुपर्ने माग गरे।

जेन–जी हत्यारालाई पक्राउ गरेर कारावासको सजाय दिनुपर्ने माग समेत उनले गरे। जेनजी युवाहरुले सडकमा युद्ध जिते पनि सम्झौतामा हारेको उनको भनाइ छ ।

उनले देशको संविधान, कानून र ऐनमा कतै न कतै खराब रहेको बताए । राजा, जेन–जी र राजनीतिक दलहरुले त्रिपक्षिय सम्झौता गर्न आह्वान गर्दै उनले माग पूरा नभए सडक आन्दोलन सुरु हुने चेतावनी दिए। 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप