आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय
अपडेट

दलाई लामाको जन्मदिनमा औपचारिक कार्यक्रम र जुलुस गर्न नदिने सुरक्षा समितिको निर्णय

आइतबार, २१ असार २०८३, २१ : २८
आइतबार, २१ असार २०८३

काठमाडौँ । सोमबार निर्वासित तिब्बतियन धार्मिक नेता दलाई लामाको जन्मदिन मनाइँदै छ । भारतको धर्मशालामा बस्दै आएका धर्मगुरु लामाको जन्मदिनमा काठमाडौँमा पनि ‘फ्रि–तिब्बत’ गतिविधि हुनसक्ने आकलन गर्दै स्थानीय प्रशासनले सचेतना अपनाउने निर्णय गरेको छ।

आज जिल्ला प्रशासन कार्यालय काठमाडौँमा जिल्ला सुरक्षा समितिको बैठकमा त्यसबारे छलफल भएको बताइएको छ । बैठक काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलको अध्यक्षतामा बसेको हो ।

सोमबार जुलुस, सभा र पोस्टरसहित प्रदर्शन गर्न रोक लगाइएको जिल्ला सुरक्षा समितिका एक जना सदस्यले रातोपाटीलाई बताए । सुरक्षा समितिको बैठकले फ्रि तिब्बत मुभमेन्ट जस्ता गतिविधि हुन नदिन कठोर ढङ्गले प्रस्तुत हुन सुरक्षा निकायलाई निर्देशन दिँदै सुरक्षाकर्मी परिचालन गरेको छ ।

सुरक्षा समितिका एक जना सदस्य भन्छन्, ‘बन्द कोठाभित्र पनि गीत बजाउने र भाषण गर्न पाइएन ।’ बन्द कोठामा मौन ढङ्गले हुने कार्यक्रममा भने लचकता अपनाउने स्थानीय प्रशासनको नीति छ । सुरक्षा समितिका ती सदस्य भन्छन्, ‘विद्यालय वा अन्य स्थानको भित्र कोठामा धुप बाल्ने र मौन ढङ्गले पोस्टर, पम्पलेट बिना कार्यक्रम गर्न भने रोक नलगाउने कुरा भएको छ ।’

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले नेपालको सार्वजनिक नीति र परराष्ट्र नीतिको बर्खिलाप हुने गरी कार्यक्रम हुन नदिने बताए उनले भने, ‘सार्वजनिक नीतिको बर्खिलाप हुने गरी कार्यक्रम गर्न रोक लगाउँछौँ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप