सुर्खेतमा साढे दुई करोडको लागतमा मानव सेवा आश्रमको भवन बन्दै
सारांश
- सुर्खेतको वीरेन्द्रनगरमा साढे दुई करोडको लागतमा मानव सेवा आश्रमको भवन बन्ने भएको छ, शुक्रबार भवन शिलान्यास गरियो।
- कर्णाली प्रदेश सरकारले भवन निर्माणका लागि १ करोड ५० लाख रकम विनियोजन गरेको छ र मुख्यमन्त्री कँडेलले सहयोगको आग्रह गरे।
- सामाजिक विकास मन्त्री भण्डारीले कर्णालीलाई सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश घोषणा गरेको र अन्य जिल्लामा पनि आश्रम बन्ने बताए।
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा साढे दुई करोडको लागतमा मानव सेवा आश्रमको भवन बन्ने भएको छ । शुक्रबार भवन निर्माणको शिलान्यास गरिएको हो ।
कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी र आश्रम विकास समितिको सहभागितामा भवन निर्माणका लागि शिलान्यास गरिएको हो ।
उक्त भवन बनाउनका लागि यो वर्ष प्रदेश सरकारले १ करोड ५० लाख रकम विनियोजन गरेको छ । मानव सेवा आश्रम चारकुने क्षेत्रको पहिचान देशभरमा जोडिने हुँदा सामुदायिक सहभागिता र सहयोगका लागि मुख्यमन्त्री कँडेलले आग्रह गरे ।
मानव सेवा स्थल निर्माणले सामाजिक सदभाव र एकता कायम राख्ने बताए । सामाजिक विकास मन्त्री भण्डारीले कर्णालीलाई सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश घोषणा गरिएको स्मरण गर्दै कर्णालीको भूगोल अनुरूप अन्य जिल्लामा समेत आश्रम निर्माण गरिने बताए ।
सरकारी घोषणालाई कार्यान्वयन गर्न एउटा मात्र संस्थामा भर पर्न नहुने प्रति सचेत भएको बताए । मानव सेवा आश्रम कर्णाली विकास समिति संयोजक डा. नवराज केसीले भवन निर्माणको लागि महायज्ञ मार्फत दान सङ्कलन गरिएको स्मरण गर्दै यसको सही सदुपयोगका लागि सबैको सहकार्य र एकता आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण