प्रदर्शनमा आयो ‘धुरन्धर’, दर्शकको प्रतिक्रिया कस्तो ?
सारांश
- रणवीर सिंहको फिल्म 'धुरन्धर' शुक्रबारबाट प्रदर्शनमा आएको छ, दर्शकले मिश्रित प्रतिक्रिया दिएका छन्।
- धेरै दर्शकले फिल्मलाई देशभक्तिपूर्ण र रणवीर सिंहको अभिनयको प्रशंसा गरेका छन्, तर फिल्मको लम्बाइप्रति असन्तुष्टि जनाएका छन्।
- आदित्य धरद्वारा निर्देशित 'धुरन्धर' एक स्पाइ-थ्रिलर फिल्म हो, जसमा रणवीर सिंह, अक्षय खन्नालगायतका कलाकारको अभिनय रहेको छ।
मुम्बई । अभिनेता रणवीर सिंहको मल्टिस्टारर फिल्म ‘धुरन्धर’ आज शुक्रबारबाट प्रदर्शनमा आयो । ट्रेलर सार्वजनिक भएपछि फ्यानहरूमा प्रतीक्षित बनेको यो फिल्म हेर्ने दर्शकले फिल्मको विषयमा मिश्रित प्रतिक्रिया दिइरहेका छन् ।
धेरैजसो दर्शकले ‘धुरन्धर’लाई देशभक्तिले ओतप्रोत भएको एक जबरदस्त फिल्म बताएका छन् । कतिले रणवीर सिंहको अभिनयको खुलेर तारिफ गरेका छन् । एक सामाजिक प्रयोगकर्ताका अनुसार फिल्मका एक्सन दृश्यहरू, विशेष गरी युद्ध र रेस्क्यु (उद्धार)का दृश्यहरू निकै वास्तविक र उत्कृष्ट ढंगले बनाइएको छ ।
फिल्म हेर्दाहेर्दै एक दर्शकले यसलाई ‘ज्वालामुखी’को संज्ञा दिएका छन् । रणवीरका साथै अक्षय खन्नाको अभिनयले पनि दर्शकको मन जितेको छ । फिल्मको ‘इन्टरभल सिन’को पनि विशेष प्रशंसा गरिएको छ ।
केही दर्शकले फिल्मको तारिफ गरिरहँदा, कतिपयले भने फिल्मको लम्बाइलाई लिएर असन्तुष्टि जनाएका छन् । एक सामाजिक प्रयोगकर्ता लेख्छन्, ‘रणवीर र अन्य कलाकारहरूको काम राम्रो छ, तर फिल्म यति पट्यारलाग्दो र लामो छ कि हलमै दिक्क लाग्छ । हरेक १५ मिनेट पनि एक घण्टा जस्तो महसुस भयो ।’
अर्का एक दर्शकले फिल्मलाई ‘बोझिलो’ बताउँदै लेखेका छन्, ‘फिल्म सुरु भएको १ घण्टा २० मिनेट भइसक्यो तर अलिकति पनि राम्रो लागेको छैन । एउटा घटनाबाट अर्को घटनामा फिल्म बिना कुनै ‘फ्लो’ अघि बढिरहन्छ । एक समयपछि स्क्रिनमा के भइरहेको छ भन्ने कुराले दर्शकलाई मतलब नै हुँदैन।’
आदित्य धरद्वारा निर्देशित ‘धुरन्धर’ एक स्पाई–थ्रिलर फिल्म हो । जुन सत्य घटनामा आधारित भनिएको छ। फिल्ममा रणवीर सिंहका अलावा सञ्जय दत्त, अक्षय खन्ना, अर्जुन रामपाल, आर माधवन र सारा अर्जुन मुख्य भूमिकामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण