मुस्ताङबाट १२ जना जुवाडे पक्राउ
काठमाडौँ । प्रहरीले मुस्ताङको जोमसोमबाट १२ जना जुवाडेहरूलाई पक्राउ गरेको छ । घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित एक रेस्टुरेन्टमा छापा मारेर प्रहरीले जुवाडेहरूलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको टोलीले ईन क्याफे एन्ड रेस्टुरेन्टमा सञ्चालित जुवा खालबाट १ लाख २१ हजार ६४० रुपैयाँ नगद बरामद गरेको छ । सो रेस्टुरेन्ट स्थानीय गणेश शेरचनले सञ्चालन गरेका हुन् ।
पक्राउ पर्नेमा रेस्टुरेन्ट सञ्चालक गणेश शेरचन, सुनिलकुमार शेरचन, सञ्जय थकाली, ढिङडुक गुरुङ, सन्तबहादुर मजाकोटी, महेश थकाली, फलेन्द्रप्रसाद थकाली, रविकुमार थकाली, राजेन्द्र शेरचन, श्यामराज बराल आङपासाङ शेर्पा र सदिप राना छन् । जुवा मुद्दामा म्याद लिएर आरोपीहरूमाथि अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सन्तोष बस्यालले रातोपाटीलाई बताए ।
आरोपीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । मुलुकी अपराध संहिता–२०७४ ले जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने दफा अन्तर्गत पहिलोपटक जुवा खेल्नेलाई ३ महिनासम्म कैद वा ३० हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण