शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

१९ वर्ष कैद सजाय पाएका फरार प्रतिवादी २२ वर्षपछि पक्राउ

शुक्रबार, १९ मङ्सिर २०८२, १५ : ४५
शुक्रबार, १९ मङ्सिर २०८२

सारांश

  • म्याग्दी प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त खम बहादुर थजालीलाई २२ वर्षपछि पक्राउ गरेको छ।
  • २०६० मा धनराम तिलिजाको हत्या अभियोगमा थजालीलाई २०६३ मा अदालतले कैद सजाय सुनाएको थियो।
  • प्रहरीले थजालीलाई म्याग्दीको कालिपुलबाट पक्राउ गरी थप कारबाहीका लागि अदालत पठाएको छ।

म्याग्दी । जिल्ला प्रहरी कार्यालय म्याग्दीले कर्तव्य ज्यान मुद्दामा १९ वर्ष ७ महिना कैद सजाय तोकिएपछि फरार रहेका एक अभियुक्तलाई २२ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दीको रघुगङ्गा गाउँपालिका वडा नं. ४ बस्ने ४३ वर्षीय खम बहादुर थजाली रहेका छन् ।

थजालीमाथि विसं २०६० कात्तिक ६ गते राति साबिक दग्नाम गा.वि.स. वडा नं. ०२ बस्ने धनराम तिलिजालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोप थियो । यसै मुद्दामा सम्मानित म्याग्दी जिल्ला अदालतले विसं २०६३ चैत २९ गतेको फैसलाले उनलाई कैद सजाय ठहर गरेको थियो ।

अदालतको फैसलापछि फरार रहेका थजालीलाई म्याग्दी प्रहरीले मङ्सिर १७ गते बेनी नगरपालिका वडा नं. ८ कालिपुल क्षेत्रबाट पक्राउ गरेको हो । पक्राउ परेका थजालीलाई थप कारबाही र कैद भुक्तानका लागि म्याग्दी जिल्ला अदालतको आदेशमार्फत कारागार कार्यालय म्याग्दी पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप