महिला भलिबलः त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश
सारांश
- त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
- आर्मीले एभरेष्ट लुम्बिनी क्लबलाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो।
- प्रतियोगिताको फाइनल खेल मंसिर २१ गते हुनेछ, जसमा विजेताले २ लाख रुपैयाँ पाउनेछन्।
झापा । अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आज सम्पन्न समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेष्ट लुम्बिनी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै त्रिभुवन आर्मी क्लव विजयी बनेको थियो ।
आर्मी क्लबले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा एभरेस्ट लुम्बिनी क्लबलाई पराजित गरेको थियो । पराजय व्यहोरेसँगै एभरेस्ट लुम्बिनी प्रतियोगिताबाट बाहिरिएको छ । खेलको ‘प्लेयर अफ दी म्याच’ आर्मी क्लबकी वसन्ती साउद हुनुभयो । उहाँलाई नगद रु पाँच हजार र ट्रफी प्रदान गरिएको छ ।
समूह ‘ए’ मा रहेको त्रिभुवन आर्मी क्लबले अब सेमिफाइनलमा समूह ‘बी’ को विजेतासँग प्रतिस्पर्धा गर्नेछ । आजको खेल जितेर त्रिभुवन आर्मी क्लब आफ्नो समूह ‘ए’को उपविजेता भएको हो । समूह ‘ए’ बाट एपिएफ समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।
प्रतियोगितामा सहभागी छ टोलीलाई दुई समूहमा बाँडिएको छ । समूह ‘ए’ मा एपिएफ, एभरेस्ट लुम्बिनी र त्रिभुवन आर्मी छन्भने समूह ‘बी’ मा न्यू डायमन्ड, कोशी प्रदेश र नेपाल पुलिस क्लब रहेका छन् ।
अर्जुनधारा–६ मा रहेको लक्ष्मी माविको मैदानमा जारी प्रतियोगिताको फाइनल खेल मङ्सिर २१ गते हुने सहआयोजक लक्ष्मी माविका अध्यक्ष वीरबहादुर राईले बताउनुभयो । झापामा राष्ट्रियस्तरको महिला भलिबल पहिलोपटक भएको हो । प्रतियोगिताको विजेताले रु दुई लाख, दोस्रोले रु एक लाख र तेस्रो हुनेले रु ३० हजार पुरस्कार पाउने आयोजक नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालले बताउनुभयो ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले रु १५ हजार, प्रत्येक दिनको प्लेयर अफ दी म्याचले रु पाँच हजार र ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भर, बेस्ट सेटर र बेस्ट लिबेरोले रु १० हजार र ट्रफी प्राप्त गर्नेछन् । मङ्सिर २० गते पहिलो सेमिफाइनल समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेताबीच हुनेछ । सोही दिन अन्तिम सेमिफाइनल खेल समूह ‘बी’ को विजेता र समूह ‘ए’ को उपविजेताबीच हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण