प्लेअफ पुग्दा उत्साहित छौँ : कप्तान पौडेल
काठमाडौँ। राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा लुम्बिनी लायन्स प्लेअफमा सुरक्षित भएको छ। शुक्रबार सम्पन्न जनकपुर बोल्ट्सविरुद्धको खेलमा चार विकेटको जित निकाल्दै लुम्बिनी प्लेअफ पुग्ने चौथो तथा अन्तिम टोली बनेको हो।
यो जितसँगै लुम्बिनी लायन्सले चार खेलबाट आठ अङ्क जोड्दै प्लेअफमा स्थान बनाएको छ। यसअघि नै सुदूरपश्चिम, काठमाडौँ र विराटनगर प्लेअफमा सुरक्षित भइसकेका थिए।
यससँगै डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स, पोखरा र चितवन भने लिग चरणको अन्तिम खेल बाँकी छँदै प्रतियोगिताबाट बाहिरिएका छन्।
शुक्रबारको खेलमा लुम्बिनीको जितका नायक तथा 'प्लेयर अफ दी म्याच' कप्तान रोहित पौडेल रहे। उनले महत्त्वपूर्ण 'म्याच विनर' पारी खेलेका थिए।
प्लेअफमा पुगेपछि कप्तान रोहित पौडेलले उत्साहित हुँदै प्रतिक्रिया दिए। उनले भने, ‘प्लेअफ पुग्दा एकदमै खुसी छौँ। अबका खेलमा राम्रो गरेर उपाधि जित्छौँ भन्ने लागेको छ।’
रोहितले आफ्ना लागि कुनै पनि टिम बलियो नरहेको बताउँदै सहज जित निकाल्नेमा विश्वास व्यक्त गरे। ‘अबका खेलहरू भनेका नकआउट जस्तै हुन्। कुनै पनि टोलीसँग खेल्न हामीलाई गाह्रो हुँदैन,’ उनले थपे।
उता, प्लेअफबाट बाहिरिएको जनकपुर बोल्ट्सका कप्तान जान निकोल लफ्टि इटनले आफ्नो टोलीले अन्तिम खेल प्रतिष्ठा, समर्थक र व्यवस्थापनका लागि खेल्ने बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण