ललितपुर महानगर जे बोल्छ, त्यो पूरा गर्छः चिरिबाबु महर्जन
सारांश
- ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले महानगरपालिकाले उत्कृष्ट काम गरेको दाबी गरे।
- मेयर महर्जनले आफूले बोलेका कुरा पूरा गरेको र राष्ट्रिय स्तरको पुरस्कार पाउने गरेको बताए।
- उनले स्वास्थ्य स्वयंसेविकाहरूको योगदानको प्रशंसा गर्दै टिमवर्कको कारण सफलता मिलेको बताए।
ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफ्नो महानगरपालिकाले नेपालका सबै नगरपालिकाहरूभन्दा उत्कृष्ट काम गरेको दाबी गरेका छन्। २२औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस–२०८२ को अवसरमा शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन्।
मेयर महर्जनले आफूले बोलेका सबै कुरा पूरा गरेको जिकिर गर्दै, बोलेका कुराहरू पूरा हुने गरी काम गरेको उल्लेख गरे। उनले राम्रो काम गरेका कारण नै आफ्नो महानगरपालिकाले प्रत्येक वर्ष दुई-तीनवटाभन्दा बढी राष्ट्रिय स्तरको पुरस्कार पाउने गरेको बताए।
पुरस्कार प्राप्त गर्नुको श्रेय मातहतका निकायलाई दिँदै मेयर महर्जनले आभार व्यक्त गरे। उनले भने, "हामीले गरेका कामको स्तरको निर्धारण हामी आफैँले गरेको होइन। तर आम नेपाली दाजुभाइ दिदीबहिनीहरू चाहे त्यो पूर्व मेचीको किन नहोस्, चाहे त्यो पश्चिम महाकाली किन नहोस्। ललितपुर महानगरपालिका भन्नसाथ साह्रै राम्रो काम गर्ने पालिका हो भनेर सब का सब चिनिन्छ।"
स्वास्थ्य क्षेत्रमा काम गरेकोमा उनले स्वयंसेविकाहरूलाई क्रेडिट दिँदै भने, "हामी चुनावमा जितेर आएका व्यक्तिहरू स्वास्थ्य क्षेत्रमा हाम्रो विज्ञता छैन। तपाईंले जे भन्नुहुन्छ, जे सुझाव दिनुहुन्छ। ती सुझावहरू हामीले ग्रहण गर्छौं, कार्यान्वयन गर्छौं। तसर्थ तपाईंहरूले दिनुभएको सुझाव, तपाईंहरूले गर्नुभएको कन्ट्रीब्युसन, तपाईंहरूको जुन एक किसिमको लगनशीलता छ, त्यसको नतिजा हो यो।"
मेयर महर्जनले हालै संघीय सरकारले अपाङ्गताको क्षेत्रमा सबै नगरपालिकाभन्दा राम्रो काम गरेको भन्दै ललितपुरलाई पुरस्कृत गरेको समेत उल्लेख गरे। पुरस्कार पाउनु टिम वर्कको परिणाम रहेको भन्दै उनले टिम वर्कमा काम गरेकाले नै ललितपुर महानगरपालिकाले एकपछि अर्को सफलता हासिल गर्दै गएको बताए। उनले अन्तमा भने, "हामी जे बोल्छौँ, त्यो पूरा गर्छौँ।"
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण