निर्वाचन गराउन आयोग तयार छ: कार्यवाहक प्रमुख आयुक्त भण्डारी
सारांश
- निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्तका अनुसार फागुन २१ गते हुने निर्वाचनका लागि आयोग तयार छ।
- आयोगले सरकारले माग गरेअनुसार प्रबन्ध गरेको र निर्वाचनको वातावरण सुनिश्चित भएको जनाएको छ।
- आयोगले राजनीतिक दलहरूलाई समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन निवेदन दिन आह्वान गरेको छ।
काठमाडौँ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोग तयार रहेको बताएका छन् ।
निर्वाचन आउन अब ९० दिन बाँकी रहँदा आज राष्ट्रिय समाचार समिति (रासस)सँग कुरा गर्दै कार्यवाहक प्रमुख आयुक्त भण्डारीले सरकारले आयोगको मागबमोजिम आवश्यक सबै प्रबन्ध गरेको र कार्यतालिका, कार्यक्रम प्रकाशन गरी सोहीअनुसार काम गरिरहेकाले निर्वाचनको वातावरण थप सुनिश्चित भएको बताएका हुन् ।
उनले आज (शुक्रबार) प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको राजनीतिक दल, नेपाल सरकारका सम्बन्धित मन्त्री र सुरक्षा निकायका प्रमुखहरूसँगको छलफलमा आयोगले निर्वाचनका लागि आयोग तत्पर रहेको स्पष्ट राखेको जनाए । “हामीलाई बजेटको केही अपर्याप्तता थियो । अर्थ मन्त्रालयले माग वा खर्च हुने आधारमा थप रकम पनि निकासा दिने प्रतिबद्धता दिइसकेको छ”, उनले भने, “अब हामी नियमित कार्यक्रम अघि बढाउँछौँ । यो कुरा हामीले सरकार, राजनीतिक दल र सुरक्षा निकायलाई स्पष्ट भनेका छौँ ।” निर्वाचनका लागि आयोगले करिब रु सात अर्ब बजेट माग गरेकामा अर्थ मन्त्रालयले रु पाँच अर्ब ९६ करोड स्रोत यसअघि सुनिश्चित गरिसकेको छ ।
आयोगले शुक्रबार नै समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन दिन आह्वान गरेको छ । यसअघि गत मङ्सिर १४ गते सम्ममा निर्वाचनमा भाग लिने १२० राजनीतिक दलले आयोगमा निवेदन दिइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण