बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

धनन्जय लक्ष्यणको घातक बलिङ, चितवनले एकै ओभरमा गुमायो दुई विकेट

शनिबार, २० मङ्सिर २०८२, १५ : ४२
शनिबार, २० मङ्सिर २०८२

काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको अन्तिम खेलमा पोखरा एभेन्जर्सका बलर धनन्जय लक्ष्यणले उत्कृष्ट प्रदर्शन गर्दै चितवन राइनोजलाई एकै ओभरमा दोहोरो झट्का दिएका छन्।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरिरहेको चितवनले दोस्रो ओभरमा नै महत्त्वपूर्ण दुई विकेट गुमाएको हो।

लक्ष्यणले आफ्नो ओभरको दोस्रो बलमा ओपनर अर्जुन साउदलाई १ रनमा बोल्ड आउट गराए। लगत्तै सोही ओभरको अन्तिम बलमा उनले चितवनका अर्का ब्याट्सम्यान डाविड मलानलाई ५ रनमा बोल्ड आउट गराए। यसरी धनन्जयले पोखरालाई दोस्रो ओभरमा नै ठूलो सफलता दिलाएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप