'मधेसीलाई मधेसी दलले होइन, नेकपाले मात्र अधिकार दिलाउन सक्छ'
सारांश
- नारायणकाजी श्रेष्ठले मधेसी जनताको अधिकारको लागि नेकपा सक्षम रहेको बताए।
- उनले सबै कम्युनिस्ट शक्तिलाई एकताबद्ध हुन र आसन्न चुनावमा विजय हासिल गर्न आह्वान गरे।
- श्रेष्ठले देशको समृद्धिका लागि संविधान संशोधन र मधेस, पहाड र हिमाललाई एकताबद्ध गर्नुपर्ने बताए।
जनकपुर। नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले मधेसी जनताको अधिकार सुनिश्चित गर्न मधेसवादी दलहरू सक्षम नरहेको दाबी गरेका छन् । र नेकपाले मात्र मधेसीको अधिकार सम्पन्न गर्न सक्ने उनले बताएका छन् ।
जनकपुरमा शनिबार आयोजित पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दै श्रेष्ठले देशका सम्पूर्ण कम्युनिस्ट शक्तिलाई एकताबद्ध हुन पनि आह्वान गरे ।
उनले वर्तमान एकता केवल प्रस्थान बिन्दु भएको र सबै कम्युनिस्टहरू एक हुनुको विकल्प नभएको स्पष्ट पारे । 'यो सभा एकताको सन्देश मात्र नभई संकल्पको पनि सभा हो,' उनले त्यहाँ भने । श्रेष्ठले आसन्न चुनावमा विजय हासिल गर्न यो संकल्प लिने बेला आएको पनि उल्लेख गरे ।
नेपालको सम्पूर्ण कम्युनिस्टलाई एकता गर्ने यो महत्त्वपूर्ण प्रस्थान बिन्दु भएको उनको भनाइ थियो ।
देशको समृद्धिका लागि आवश्यक परे संविधान संशोधन गर्नुपर्नेमा उनले जोड दिँदै विकास र समाजवादको विकल्प नभएको धारणा राखे । प्राप्त उपलब्धिहरूको रक्षा गर्दै थप अधिकारका लागि अगाडि बढ्नुपर्ने उनले आवश्यकता औंल्याए ।
मधेस, पहाड र हिमाललाई एकताबद्ध गर्न नसकिए नेपालको राष्ट्रिय एकता र समृद्धि हासिल हुन नसक्ने उनको भनाइ थियो ।
'पार्टी एकता गरेर मात्र पुग्दैन, पार्टीलाई नीति र विधिमा चलाउनुपर्छ,' उनले भने, 'नेताहरूलाई न्यायपूर्ण जिम्मेवारी दिनुपर्छ र पार्टी एकताबाट जनताले त्यसको अनुभूति गर्न पाउनुपर्छ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
-
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा
-
१ करोड १० लाख खर्च भइसकेको विद्यालय भवन ६ वर्षदेखि बेहाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण