खोटाङमा शिक्षकलाई स्थानीय भत्ताको व्यवस्था
सारांश
- हलेसी तुवाचुङ नगरपालिकाले सामुदायिक विद्यालयका शिक्षकलाई स्थानीय भत्ता दिने निर्णय गरेको छ।
- स्थायी, अस्थायी, करार र प्राविधिक शिक्षकलाई समेत भत्ता दिइनेछ, जसले शिक्षकको मनोबल बढाउनेछ।
- नगरपालिकाले शिक्षक भत्ताका लागि वार्षिक १ करोड ७३ लाख रुपैयाँ खर्च गर्नेछ र यसबाट ३०९ शिक्षक लाभान्वित हुनेछन्।
खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले सामुदायिक विद्यालयका शिक्षकलाई स्थानीय भत्ता प्रदान गर्ने निर्णय गरेको छ।
शनिबारको कार्यपालिका बैठकले नगर क्षेत्रका विद्यालयका शिक्षक तथा कर्मचारीका लागि स्वीकृत सरकारी कार्यविधिअनुसार चालू आर्थिक वर्षदेखि स्थानीय भत्ता प्रदान गर्ने निर्णय गरेको हो।
नगरप्रमुख विमला राईका अनुसार स्थायी, स्वीकृत दरबन्दीमा कार्यरत अस्थायी, करार र प्राविधिक समूहका प्रशिक्षक तथा सहायक प्रशिक्षकलाई पनि स्थानीय भत्ता प्रदान गर्ने निर्णय भएको छ। शिक्षकहरूको मनोबल बढाएर सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न यो निर्णय गरिएको हो।
जिल्लाको दोस्रो ठूलो (११ वडा रहेको) यस नगरपालिकामा १२ वटा माध्यमिक (कक्षा १२ सम्म), १५ वटा आधारभूत (कक्षा १ देखि ८ सम्म) र ५९ वटा प्राथमिक तह (कक्षा १ देखि ५ सम्म) गरी जम्मा ८६ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन्।
यो भत्ताबापत नगरपालिकालाई एक आर्थिक वर्षमा रु एक करोड ७३ लाखको थप व्ययभार पर्नेछ। बालविकास केन्द्रदेखि कक्षा १२ सम्म करिब ५ हजार २०० विद्यार्थी अध्ययनरत यस नगरपालिकामा ३०९ जना शिक्षक कार्यरत छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण