आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

सर्लाहीमा स्रोत नखुलेको १२ लाख २९ हजार रुपैयाँसहित एक भारतीय पक्राउ

आइतबार, २१ मङ्सिर २०८२, १७ : ४९
आइतबार, २१ मङ्सिर २०८२

सारांश

  • सर्लाहीको ब्रह्मपुरीमा प्रहरीले स्रोत नखुलेको १२ लाख २९ हजार नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
  • प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकल जाँच गर्दा रकम फेला पारेको थियो।
  • पक्राउ पर्नेमा भारतको सितामढीका २९ वर्षीय धर्मेन्द्र महतो रहेका छन्।

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगरस्थित प्रहरी चौकीको पछाडिबाट स्रोत नखुलेको ठुलो परिमाणको नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकल चेकजाँच गर्ने क्रममा करिब १२ लाख २९ हजार रुपैयाँ फेला परेको हो । 

जिल्ला प्रहरी चौकी त्रिभुवननगरबाट प्राप्त जानकारीअनुसार मंसिर २१ गते दिउँसो करिब अढाइ बजे प्रहरी सहायक निरीक्षक प्रमानन्द प्रसाद यादवको कमाण्डमा खटिएको गस्ती टोलीले भारतको सोनवर्साबाट नेपालतर्फ आउँदै गरेको बीआर ३० वाई ३२८७ नम्बरको भारतीय मोटरसाइकललाई रोकी चेकजाँच गरेको थियो । 

चेकजाँचका क्रममा उक्त मोटरसाइकलका चालक भारत बिहारस्थित सितामढी जिल्ला, सोनवर्सा ग्राम पञ्चायत वडा नम्बर २ बस्ने २९ वर्षीय धर्मेन्द्र महतोको साथबाट स्रोत नखुलेको १२ लाख २९ हजार नेपाली रुपैयाँ बरामद भएको थियो ।

बरामद भएको रकममा १ हजारका ८१४ थान (८,१४,०००), ५ सयका ६७१ थान (३,३५,५००), १ सयका ७१२ थान (७१,२००) र ५० का १६६ थान (८,३००) छन् । 

प्रहरीले मोटरसाइकल चालक धर्मेन्द्र महतो, बरामद भएको रकम र मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पठाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप