क्याबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैन : मन्त्री सिन्हा
काठमाडाैँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले उड्डयन क्षेत्रमा मानव केन्द्रित सेवाको महत्व बढ्दै गएको बताएका छन् ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिन्हाले उड्डयनका क्षेत्रमा बढ्दो प्रविधिका बाबजुद मानवकेन्द्रित सेवाको महत्व बढ्दै गएको बताएका हुन् ।
उनले प्रविधिमा आधारित परिवर्तनलाई अझ सुदृढ बनाउन जरुरी रहेको उल्लेख गर्दै विमान केवल यात्रु बोक्ने साधन मात्र नभई नवप्रवर्तन, प्रविधि, सुरक्षा र मानवकेन्द्रित सेवाको संयोजन भएको बताए ।
उनले विश्वभर उडानलाई सुरक्षित, वातावरणमैत्री र यात्रुअनुकुल बनाउन नयाँ–नयाँ प्रवर्तन भइरहेका बेला एआई र आधुनिक प्रविधि पनि तिब्र गतिमा प्रवेश गरिरहेको पनि उल्लेख गरे ।
यद्यपि प्रविधि बढ्दै गए पनि क्याबिन क्रूको भुमिकालाई कुनै मेसिनले प्रतिस्थापन गर्न नसक्ने मन्त्री सिन्हाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण