शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अधिवेशन फागुनमा

आइतबार, २१ मङ्सिर २०८२, २० : ३०
आइतबार, २१ मङ्सिर २०८२

काठमाडौँ । लोकदोहोरी कलाकारहरूको छाता संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको ९औँ महाधिवेशन आगामी फागुन १ देखि ३ गते आयोजना हुने भएको छ ।

केन्द्रीय अधिवेशनको मिति तय भए पनि कार्यक्रम हुने स्थान भने अझै निश्चित भइसकेको छैन । प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले दुई–तीन दिनभित्र अधिवेशन स्थलको टुंगो लाग्ने जानकारी दिइन् । 

प्रतिष्ठानले गत कात्तिक २२ गतेदेखि देशभरका जिल्ला अधिवेशनहरू गरेको थियो भने शनिबार (हिजो) प्रदेश अधिवेशन गरेको थियो । जसअन्तर्गत बागमती प्रदेशमा बालकुमार मल्ल, लुम्बिनी प्रदेशमा दामोदर बस्याल, गण्डकी प्रदेशमा माया गुरुङ, कर्णाली प्रदेशमा तुलसी शाही सुदूरपश्चिम प्रदेशमा भीम विष्ट, कोशी प्रदेशमा रोम घिमिरे र मधेश प्रदेशमा रुद्रसेन विश्वकर्मा अध्यक्षका रूपमा चुनिएका छन् । 

‘हामीले जिल्ला र प्रदेश अधिवेशन सकेका छौँ,’ थापा मगरले भनिन् ‘केन्द्रीय अधिवेशनको तयारीमा पनि हामी हो ।’ 

अध्यक्ष थापाका अनुसार केन्द्रीय अधिवेशनमा विभिन्न तहबाट प्रतिनिधित्व हुनेछ । जसमा जिल्लाका प्रतिनिधि, प्रदेशका प्रतिनिधि, साधारण सदस्य, आजीवन सदस्य, मानार्थ तथा सम्मानार्थ सदस्यहरूले सहभागिता जनाउनेछन् । 

महाधिवशेनमा अध्यक्षलगायत विभिन्न केन्द्रीय पदाधिकारीसमेत चुनिनेछन् । जसमा सबै पद सर्वसहमतिमा टुङ्ग्याउन पहल गरिने अध्यक्ष थापा मगरले बताइन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप