प्राइम बैंकका संस्थापक सीईओ नारायणदास मानन्धरको निधन
काठमाडौँ । नेपाली बैंकिङ क्षेत्रका एक अनुभवी र प्रतिष्ठित व्यक्तित्व नारायणदास मानन्धरको ८२ वर्षको उमेरमा निधन भएको छ ।
आइतबार बिहान उनको निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ ।
मानन्धर नेपालको २१औँ वाणिज्य बैंकका रूपमा स्थापित प्राइम कमर्सियल बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत (सीईओ) थिए । उनकै नेतृत्व र दूरदृष्टिका कारण प्राइम बैंकले स्थापनाको छोटो समयमै समकालीन बैंकहरूको तुलनामा नयाँ उचाइ हासिल गरेको थियो ।
सोही बैंकको सीईओ पदबाट उनले बैंकिङ जीवनबाट सक्रिय अवकाश लिएका थिए ।
प्राइम बैंकको नेतृत्व सम्हाल्नुअघि मानन्धरले तत्कालीन नेपाल बंगलादेश बैंक र लुम्बिनी बैंकको प्रमुख कार्यकारी अधिकृत भएर जिम्मेवारी निर्वाह गरेका थिए । उनले आफ्नो बैंकिङ करियरको लामो समय कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकको उच्च व्यवस्थापन तहमा रहेर बिताएका थिए ।
बैंकिङ क्षेत्रबाहेक उनले संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको परामर्शदाता तथा धानचामल गोदाम व्यवस्थापन कम्पनीको महाप्रबन्धकका रूपमा पनि काम गरेका थिए ।
शिक्षा क्षेत्रमा समेत रुचि राख्ने मानन्धरले केही समय युवक मावि र युथ क्याम्पसमा प्राध्यापन गरेका थिए ।इमानदार, कर्तव्यनिष्ठ र विशिष्ट बैंकिङ ज्ञान भएका मानन्धरको निधनले वित्तीय क्षेत्रमा अपूरणीय क्षति पुगेको छ ।
मानन्धरका श्रीमती, एक छोरा र तीन छोरी छन् । उनको आजै काठमाडौँको शोभाभगवतीमा अन्त्येष्टि गरिएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
-
स्विट्जरल्याण्ड र कोलम्बियाको भाग्य अब अतिरिक्त समयमा
-
स्विट्जरल्याण्ड र कोलम्बियाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
-
सुरु भयो स्वीट्जरल्याण्ड र कोलम्बियाबिचको खेल, कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण