पार्टी कार्यालयमा कार्यसम्पादन समिति, दोस्रो तहका नेताहरू छुट्टै बैठकमा
काठमाडौँ । राप्रपाका शीर्ष नेताहरू पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठकमा बसेकै बेला पार्टीका दोस्रो तहका नेताहरू पनि छुट्टै छलफलमा जुटेका छन् । राप्रपाका एक केन्द्रीय सदस्यले पार्टीका दोस्रो तहका नेताहरू बिच केन्द्रीय समितिको बैठक सोमबार राजधानीमा छलफल भएको बताए । उक्त बैठकमा केन्द्रीय समिति बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारेमा छलफल भएको ती नेताको भनाइ छ ।
केन्द्रीय कार्यसम्पादन समितिको बैठक भने अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको हो । मंसिर २४ र २५ गते हुने केन्द्रीय कार्यसमितिको बैठकका एजेण्डा तय गर्न, बैठकमा पेस हुने विभिन्न प्रतिवेदनहरुमाथि छलफल गर्न, अघिल्लो बैठकमा गठित विभिन्न तीन समिति (सक्रिय सदस्यता सम्बन्धी, महाधिवेशन तालिका सम्बन्धी र समान विचार भएकाहरूसँग वार्ता सम्बन्धी)को रिपोर्टमाथि छलफल गर्न र भोलि मंसिर २३ गते काठमाडौँमा हुने जनप्रदर्शनबारे निर्णय बैठक बसेको प्रवक्ता मोहन श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तर कोरियाद्वारा नयाँ हतियार ‘काङ कोन’ परीक्षण
-
१० बजे १० समाचार : बालेन सरकारलाई घेराबन्दी गर्ने तयारी, मधेसका रास्वपा सांसद असन्तुष्ट
-
जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल
-
शासकीय सुधारलाई निरन्तरता दिने विषयमा सरकारलाई कांग्रेसको समर्थन
-
गोरखामा मरुवा सङ्क्रमणले चैते धानमा क्षति
-
वन्यजन्तुको आक्रामक व्यवहार नियन्त्रण गर्न प्रविधिको प्रयोग गर्छाैँ : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण