‘अभिमन्यु’ अस्ट्रेलिया र न्युजिल्यान्डमा पनि प्रदर्शन हुने
सारांश
- फिल्म 'अभिमन्यु : च्याप्टर-१' अस्ट्रेलिया र न्युजिल्यान्डमा डिसेम्बर ११ बाट प्रदर्शन हुने भएको छ।
- फिल्मले अस्ट्रेलिया र न्युजिल्यान्डमा ५०० शो सहित प्रदर्शन सुरु गर्दैछ।
- 'अभिमन्यु' स्वदेशमा गत बिहीबारबाट प्रदर्शनमा आएको छ र दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ।
काठमाडौँ । फिल्म ‘अभिमन्यु : च्याप्टर–१’ले अस्ट्रेलिया र न्युजिल्यान्डमा पनि प्रदर्शन हुने भएको छ । डिसेम्बर ११ बाट प्रदर्शनमा आउन लागेको फिल्मले अस्ट्रेलिया र न्युजिल्यान्डमा ५०० शो सहित प्रदर्शनमा आउन लागेको निर्माण युनिटले जनाएको छ ।
‘फिल्मलाई अस्ट्रेलिया र न्युजिल्यान्डमा पहिलो साता पाँच सयभन्दा धेरै शो दिइएको छ’, फिल्मका सह–निर्माता रमेश चौलागाईंले भने, ‘दर्शकको सहभागिता अनुसार शो थपघट हुनेछ ।’ विदेशी भूमिका फिल्मले सुरुमा यति धेरै शो पाउनु खुसीको कुरा भएको चौलागाईले सुनाए ।
सुशान्त गौतम निर्देशित ‘अभिमन्यु’ स्वदेशमा गत बिहीबारबाट प्रदर्शनमा आएको छ । फिल्मलाई दर्शकले सकारात्मक समिक्षा दिएका छन् ।
फिल्मले मधेसमा समस्याकै रूपमा रहेको दाइजो प्रथा र नेपाली समाज इजी मनिका लागि हुने तिकडमको कथा भन्छ ।
विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको फिल्ममा कामेश्वर चौरासिया, लक्ष्मी वर्देवा, किरण श्रेष्ठ, गौमाया गुरुङ, लक्ष्मी गिरी, प्रकाश दाहाल, शिशिर बाङदेललगायत कलाकारको अभिनय छ । फिल्मको विशेष भूमिकामा रेखा थापा देखिएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण