पर्यटन पूर्वाधार निर्माणका सम्झौता निर्माणस्थलमा
पर्वत । पर्यटन तथा उद्योग कार्यालयले प्राविधिक र कर्मचारीको उपस्थितिमा निर्माण कम्पनीका प्रतिनिधिसँग पर्यटन पूर्वाधारका आयोजनाको सम्झौता निर्माणस्थलमा नै गर्न थालेको छ । चालु आर्थिक वर्षका लागि बजेट विनियोजन भएका आयोजनाहरु नियमित समयमा सम्पन्न गर्न निर्माणस्थलमा नै सम्झौता गर्न थालिएको उक्त कार्यालयका प्रमुख पोषनाथ शर्माले जानकारी दिए ।
पर्वतमा चालु आर्थिक वर्षका लागि एक सय ११ वटा आयोजना सञ्चालन गर्न बजेट विनियोजन भएको छ । जिल्लाको दक्षिणी भेगका विहादी, पैँयु र महाशिला गाउँपालिकामा ५० वटा साना तथा मझौला आयोजना निर्माणको सम्झौता भएको छ ।
पैँयू गाउँपालिका–२ का अध्यक्ष नरभूपाल काफ्ले कार्यस्थलमा सम्झौता गर्ने अभ्यासले समयमा नै आयोजना पूरा गर्न सहज भएको बताए। हालै आफ्ना वडाका मन्दिर निर्माणका सम्झौता भएका उनले बताए । हालसम्म ११ वटा आयोजना सम्पन्न भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सात मिनेटसम्म मृत मानिएका यी फुटबलर जारी विश्वकपमा प्रशिक्षक बनेर कमाल गर्दैछन्
-
डेली मेलविरुद्धको कानुनी लडाइँको अन्तिम फैसला सुन्न राजकुमार ह्यारी लन्डनमा
-
किसानलाई अनुदानमा कृषि उपकरण
-
फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै काठमाडाैँ महानगरपालिका
-
एनसेललाई पटक पटक विवादमा तान्नुको कारण के हो ?
-
काममा ढिलासुस्ती गर्नु पनि अब भ्रष्टाचार : समयमै निर्णय नगर्ने र फाइल रोक्ने कर्मचारी पनि कारबाहीमा पर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण