भारतको शानदार जित : दक्षिण अफ्रिकालाई १०१ रनले हराउँदै सिरिजमा १-० को अग्रता
सारांश
- भारतले दक्षिण अफ्रिकालाई १०१ रनले पराजित गर्दै टी-२० सिरिजमा १-० को अग्रता लिएको छ।
- भारतका लागि हार्दिक पाण्ड्याले ५९ रनको अर्धशतकीय पारी खेले भने जसप्रीत बुमराहले १०० विकेट पूरा गरे।
- दक्षिण अफ्रिका ७४ रनमा अलआउट भयो, जुन टी-२० अन्तर्राष्ट्रियमा टोलीको सबैभन्दा कम स्कोर हो।
कटक । भारतले दक्षिण अफ्रिकाविरुद्धको पहिलो टी-२० खेलमा १०१ रनको विशाल अन्तरले जित हात पार्दै सिरिजमा १-० को अग्रता लिएको छ। यो टी-२० अन्तर्राष्ट्रियमा भारतको १०० वा सोभन्दा बढी रनको अन्तरले नवौँ जित हो।
मंगलबार कटकको बाराबाती स्टेडियममा दक्षिण अफ्रिकाले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७५ रन बनायो। भारतका लागि हार्दिक पाण्ड्याले २८ बलमा ६ चौका र ४ छक्कासहित ५९ रनको अर्धशतकीय पारी खेले।
यसक्रममा उनले आफ्नो टी-२० अन्तर्राष्ट्रिय करियरको १०० छक्का पनि पूरा गरे। यस्तै, तिलक वर्माले २६ र अक्षर पटेलले २३ रन जोडे। दक्षिण अफ्रिकाका लागि लुङ्गी एन्गिडीले ३ र लुथो सिपामालाले २ विकेट लिए।
१७६ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकी टोली भारतीय बलरसामु निरीह देखियो र मात्र ७४ रनमा अलआउट हुन पुग्यो। टी-२० अन्तर्राष्ट्रियमा टोलीले बनाएको यो सबैभन्दा न्यून स्कोर पनि हो । यसअघि टोली सन् २०२२ मा राजकोटमा भारतविरुद्ध नै ८७ रनमा अलआउट भएको थियो ।
टोलीका लागि डेवाल्ड ब्रेभिसले सर्वाधिक २२ रन बनाए, तर ७ जना खेलाडीले दोहोरो अङ्कको स्कोर पनि छुन सकेनन्।
भारतको बलियो बलिङ प्रदर्शनमा अर्शदीप सिंह, जसप्रीत बुमराह, वरुण चक्रवर्ती र अक्षर पटेलले समान २-२ विकेट लिए। हार्दिक पाण्ड्या र शिवम दुबेको भागमा १-१ विकेट रह्यो।
यस खेलमा जसप्रीत बुमराहले टी-२० अन्तर्राष्ट्रियमा १०० विकेटको कोसेढुङ्गा पूरा गरे। खेलमा अलराउन्ड प्रदर्शन गरेका हार्दिक पाण्ड्या प्लेयर अफ द म्याच घोषित भए। बलिङतर्फ उनको नाममा ९९ विकेट पुगेको छ।
श्रृङ्खलाको दोस्रो टी-२० खेल डिसेम्बर ११ मा चण्डीगढमा खेलिनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण