कालीमाटी तरकारी बजारमा तोडफोड गर्ने दुईजना कारागार चलान
बुधबार, २४ मङ्सिर २०८२, १० : १०
सारांश
- कालिमाटी तरकारी बजार तोडफोड र आगजनी मुद्दामा संलग्न दुई जनालाई कारागार चलान गरिएको छ।
- विजय लामा र राजेन्द्र श्रेष्ठलाई अदालतको आदेश अनुसार केन्द्रीय कारागारमा पठाइएको छ।
- भदौ २४ मा जेनजी प्रदर्शनको क्रममा उनीहरूले तरकारी बजारमा आगजनी र तोडफोड गरेका थिए।
काठमाडौँ । काठमाडौँको कालीमाटी स्थित तरकारी बजार व्यवस्थापन समितिको भवन तोडफोड र आगजनी गर्ने दुईजना प्रतिवादीलाई कारागार चलान गरिएको छ ।
काठमाडौँ महानगरपालिका–१३ घर भएका ४१ वर्षीय विजय लामा र टंकेश्वर घर भएका ३४ वर्षीय राजेन्द्र श्रेष्ठलाई अदालतको आदेश अनुसार मंगलबार कारागार चलान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए । उनीहरूलाई सुनधारा स्थित केन्द्रीय कारागारमा थुनामा पठाइएको छ ।
जेनजी प्रदर्शन हुँदा भदौ २४ मा उनीहरुले तरकारी बजार भित्र रहेको प्रशासनिक भवनमा आगजनी र तोडफोड गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । लामा यसअघि पनि उच्छृङ्खल गतिविधिमा संलग्न व्यक्ति हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र लिक गर्नेलाई कडा कारबाही गर्ने प्रधानमन्त्री मोदीको प्रतिबद्धता, संयम अपनाउन अपिल
-
कांग्रेसको अभूतपूर्व एकताले मात्रै देशका चुनौती सामना गर्न सक्छ : महर
-
ललितपुरको महालक्ष्मीस्थानमा सडक भासियो (तस्बिरहरू)
-
बंगलादेशविरुद्धको टेस्ट शृङ्खलाका लागि कमिन्स, हेजलवुड र लायनको पुनरागमन
-
काठमाडौँ जिल्ला अदालतले २६ हजार ४४५ मुद्दा फैसला गर्न बाँकी
-
भरतपुर अस्पतालमा बिरामीको उच्च चाप, एकै दिन तीन हजार ३६८ जनाले सेवा लिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण